बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

डेंगु नियन्त्रणमा जुटेका रेडक्रसकर्मी पोखरामा भेला

केन्द्रीय सदस्यमा मनोनीत रिमाललाई बधाई

पर्वत : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमाल हालै मात्रै केन्द्रीय सदस्यमा नियुक्त हुनुभएकोमा रेडक्रसको प्रदेश र केन्द्रीय समितिले  बधाई ज्ञापन गरेका छन् ।
सोमबार पोखरामा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय स्वास्थ्य विभागको आयोजनामा भएको डेंगु रोकथाम तथा नियन्त्रण कार्यक्रमको अवसर पारेर दुवै समितिहरूलाई बधाई सहित केन्द्रीय समितिमा स्वागत गरेका हुन् ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि रेडक्रसका केन्द्रीय सदस्य रिमालले देशभरका कुल सङ्क्रमितहरूमध्ये करिब आधा जति सङ्क्रमितहरू गण्डकी प्रदेशका मात्रै हुनुले यो प्रदेशलाई स्वास्थ्य जोखिमका हिसाबले चुनौतीपूर्ण रहेको बताउनुभयो । यसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल रेडक्रस सोसाइटीले गरिरहेको प्रयासका बारेमा जानकारी गराउँदै उहाँले नागरिकले आफ्नै तरीकाबाट रोकथाम तथा नियन्त्रणको प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो । अरू कसैले रोकथाम गरिदेला भनेर आसामा बस्दा सङ्क्रमण झनै फैलिने भएकोले हरेक व्यक्ति डेंगु सङ्क्रमणको बारेमा सचेत बन्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्य प्रसाद ढकालले गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा भइरहेको प्रयासका बारेमा जानकारी गराउनुभएको छ । गण्डकी प्रदेश सबैभन्दा प्रभावित भएकोले प्रदेशका जिल्लाहरूको सक्रियता उत्तिकै आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रका कार्यकारी निर्देशक उमेश ढकाल, स्वास्थ्य सेवा विभागका उपनिर्देशक बालकृष्ण सेढाई, लेखा अधिकृत दीपक पोख्रेल लगायत सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा डेंगुबाट अति प्रभावित पर्वत, तनहुँ, गोरखा, कास्की, स्याङ्जा लगायतका जिल्लाहरूले पछिल्लो प्रगति विवरणहरू पेस गरेका छन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive