बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

मंगलोदय मा.वि.का विद्यार्थीलाई जेसीजद्धारा स्टेशनरी सहयोग 

मंसिर ३, २०८१
पर्वत : पर्वत जेसीजले मनाइरहेको जेसीज सप्ताह–२०२४ अन्तर्गत सोमबार जेसीज गाऊँ चुवास्थित मंगलोदय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पढाइमा जेहेन्दार भएर पनि आर्थिक समस्याका कारण अध्ययनमा कठिनाइ भोगेका तथा जेहेन्दार १५ जना बिद्यार्थीहरुलाई कपी, पेन्सिल, कलम लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो । चुवालाई जेसीज गाउँको रूपमा घोषणा गरिएकोले पर्वत जेसीजले हरेक वर्ष चुवामा केही न केही कार्यक्रमहरू आयोजना गर्दै आएको छ । विद्यालयका विद्यार्थीहरूलाई छनोट गरेर शैक्षिक सामग्री उपलब्ध गराएकोमा विद्यालयले पनि पर्वत जेसीजलाई धन्यवाद दिएको छ ।
कार्यक्रममा बोल्दै चुवाका संस्थापक वडाध्यक्ष राजकुमार क्षेत्रीले जेसीजले सामाजिक सेवाका रूपमा आयोजना गर्दै आएका विभिन्न कार्यक्रमहरूको प्रशंसा गरे । युवाहरू एकजुट भएर आफ्ना खाजा खर्च कटाएर समाजमा अप्ठ्यारो अवस्थामा रहेकाहरूलाई सहयोग गर्नु सबैको लागि उदाहरण भएको उनको भनाई छ । यस्तै पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले जेसीज सप्ताहमा मात्रै नभएर अन्य समयमा पनि संस्थाले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको बताए ।
सहयोग कार्यक्रमको सञ्चालन पर्वत जेसीजका महासचिव अमृतप्रसाद पोख्रेलले गरेका थिए भने उक्त कार्यक्रमको संयोजन अजय पोख्रेलले गरेका थिए । अब मङ्गलवार बिहान कालिका भगवती मन्दिर कुश्मा नगरपालिका–१२, बाटुलेचौरमा घण्ट प्रतिष्ठा तथा पूजा सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । मङ्सिर पाँच गते पर्वत उद्योग वाणिज्य सङ्घको सभा हल, कुश्मामा पर्वत जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता र पर्वत जेसीज सचिवालयमा जेसीज सङ्गम कार्यक्रम राखिएको छ ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive