मङ्ल, जेष्ठ ७, २०८२
Tue, May 20, 2025

कुश्मा नगरपालिकाद्धारा चार कार्यक्रमका लागि कृषकबाट प्रस्ताव आह्वान

मंसिर ३, २०८१
पर्वत : पर्वतको कुश्मा नगरपालिकाले विभिन्न चार वटा कार्यक्रमहरू कार्यान्वयनको लागि कृषकहरूबाट प्रस्ताव आह्वान गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलका अनुसार कार्तिक ३० गतेबाट लागू हुने गरी २१ दिनभित्रमा कार्यालयमा प्रस्ताव पेस गर्न भनिएको छ । सबै कार्यक्रमहरूमा नगरपालिकाले ५० प्रतिशत र सम्बन्धित कृषकहरूले ५० प्रतिशत लगानी बेहोर्नुपर्ने गरी प्रस्तावको आह्वान गरिएको छ ।
जसमा नौ लाख बजेट रहेको लागत साझेदारीमा मौरी गोला वितरण, ५० हजार बजेटको खर्बुजा खेती प्रवर्द्धन कार्यक्रम, एक लाख बजेटको च्याउ खेती सहयोग कार्यक्रम अन्तर्गत कन्ये च्याउको बीउ वितरण र एक लाख बजेटको सामूहिक खेती प्रवर्द्धन कार्यक्रम रहेका छन् ।
नगरपालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यी कार्यक्रमहरूमा प्रस्ताव आह्वान गरिएको हो । यी कार्यक्रममा कुश्मा नगरपालिकाभित्रका इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी संस्था तथा निजी फर्महरू पनि समावेश हुन पाउने छन् । निवेदन दिँदा आवेदकको नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, फर्म दर्ता तथा नवीकरणको प्रमाणपत्र, खर्बुजा खेती गर्नेका लागि जग्गाको लालपुर्जाको प्रतिलिपि तथा सामूहिक खेती प्रवर्द्धन कार्यक्रममा समावेश हुने बाँझो जग्गाको लालपुर्जाको प्रतिलिपि बुझाउनुपर्ने भनिएको छ । समूहले कम्तीमा पनि १० रोपनी जग्गामा फलफूल वा नगदे बाली खेती गर्नुपर्ने भनिएको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive