शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

स्काउटको आयोजनामा  लैङ्गिक हिंसा विरुद्ध छलफल

मंसिर १८, २०८१
पर्वत : अहिले जारी रहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैङ्गिक हिंसा विरुद्ध युवाहरूको भूमिका शीर्षकमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्काउट गण्डकी प्रदेश कार्यालयको आयोजना र स्थानीय स्काउट कार्यालय कुश्माको संयोजन तथा व्यवस्थापनमा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले लैङ्गिक हिंसा नियन्त्रणमा युवाहरूको भूमिका महत्त्वपूर्ण र प्रभावकारी हुने बताइन । समाज परिवर्तनको अभियन्ता मानिने युवाहरूले लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउने, अन्यायविरुद्ध आवाज उठाउने, र न्याय सुनिश्चित गर्न सकारात्मक कदम चाल्न सक्ने उनको भनाई छ ।
युवाहरूले शिक्षा र सचेतनाको माध्यमबाट समाजमा लैङ्गिक समानताको महत्त्वबारे जानकारी दिन सक्ने भएकोले विद्यालय, कलेज, र सामुदायिक कार्यक्रममार्फत हिंसाविरुद्ध प्रशिक्षण र छलफलका कार्यक्रम आयोजना गरिनुपर्ने उपप्रमुख रिजालको भनाइ छ । सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्दै लैङ्गिक हिंसाविरुद्ध अभियान चलाउन युवाहरूले डिजिटल माध्यमबाट हिंसाका घटनाहरूको विरोध गर्न, पीडितलाई सहयोग पु¥याउन, र जनचेतना अभिवृद्धि गर्न भूमिका खेल्न सक्ने पनि रिजालले बताइन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पर्वतका इकाई प्रमुख मतिलाल चपाई, नेपाल स्काउट गण्डकी प्रदेशका प्रमुख आयुक्त सागर पौडेल, सामाजिक विकास कार्यालय पर्वतका कार्यालय प्रमुख गोविन्द पौडेल, कुश्मा नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख डिलकुमारी शर्मा, नेपाल स्काउटका राष्ट्रिय कार्यकारी समिति सदस्य जलन खत्री, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी र शिवालय मा.वि का स्काउट शिक्षक आनन्द पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरूले आफ्नो समुदायमा हिंसाविरुद्ध निगरानी टोली गठन गरी कानुनी र सामाजिक पक्षबाट पीडितलाई सहयोग गर्न सक्ने बताएका छन् । यसले कानुनी कारबाहीको प्रक्रिया सरल बनाउन र दोषीलाई सजाय दिलाउन मद्दत पुग्ने उनीहरूको भनाइ छ ।
नेपाल स्काउट स्थानीय समिति कुश्मा नगरपालिकाका प्रमुख आयुक्त इन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन कार्यकारी समिति सदस्य प्रमोद सुवेदीले गरेका थिए भने छलफल कार्यक्रमको सहजीकरण नेपाल स्काउट गण्डकी प्रदेशका अधिकृत विजय पौडेलले गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका स्काउट शिक्षक र विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई विभिन्न छ वटा समूहमा विभाजन गरी छलफल गराउँदै समूहगत रूपमा प्रस्तुतीकरण समेत गरिएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive