शुक्रबार, माघ ४, २०८१
Friday, January 17, 2025

पर्वतका शिक्षकहरूलाई स्काउटीङ प्रशिक्षण 

पुस २५, २०८१
पर्वत : सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा नेपाल स्काउट सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत उद्योग वाणिज्य सङ्घको हलमा भएको तालिममा जीवन उपयोगी सीपहरू, क्याम्पिङको तयारी र व्यवस्थापन
आपत्कालीन परिस्थितिको व्यवस्थापन, प्राथमिक उपचार, शारीरिक फिटनेस र साहसिक क्रियाकलाप, नेतृत्व विकास, मानव मूल्य र अनुशासन, संवाद र आपसी सहयोग, सांस्कृतिक आदानप्रदान, आपत्कालीन तयारी र उद्धार लगायतको बारेमा सहजीकरण गरिएको छ ।
कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेश प्रमुख आयुक्त सागर पौडेल, नेपाल स्काउट गण्डकी प्रदेशबाट एलिसा बि.क. ले सहजीकरण गरेका थिए । जिल्लाका सबै स्थानीय तहहरूमा रहेका बि.टी.सी र पि.टी.सी स्काउट तालिम लिएको विभिन्न विद्यालयहरूमा कार्यरत ५५ जना शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा स्काउट सम्बन्धी तालिम तथा प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम बि.क.ल. स्काउट तालिमले विद्यार्थीलाई जीवन उपयोगी सीप मात्रै हैन, जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने अवसर पनि दिने बताए । प्रशिक्षण कार्यक्रम ठाउँ अनुसार फरक पर्न सक्छ, तर मुख्य उद्देश्य भने युवाहरूलाई सक्षम, अनुशासित, र आत्मनिर्भर बनाउनु नै भएको उनको भनाइ छ ।
स्काउटको उद्देश्य युवाहरूलाई शारीरिक, मानसिक, सामाजिक, र नैतिक रूपमा सशक्त, अनुशासित, र जिम्मेवार नागरिक बनाउनु हो । स्काउटलाई विश्वभरि बालबालिका र युवाहरूको नेतृत्व विकास, सीप सिकाइ, र समाजसेवामा केन्द्रित सङ्गठनका रूपमा चिनिन्छ । यसका उद्धेश्यहरु समाजमा सकारात्मक परिवर्तन ल्याउने क्षमता विकास गर्नु, नेतृत्व र सहयोगी भावना सिर्जना गर्नु, प्रकृतिप्रति प्रेम र संरक्षणको भावना जागरूक गराउनु,  आत्मविश्वास र जीवन उपयोगी सीपहरू सिकाउनु लगायत रहेका छन् ।
प्रशिक्षण कार्यक्रमको सञ्चालन कार्यालयका अधिकृत बालकृष्ण घिमिरेले गरेका थिए पनि सहभागीहरूलाई लेखा अधिकृत जगत् बहादुर नेपालीले स्वागत मन्तव्य राखे । कार्यक्रम कार्यालय प्रमुख गोविन्द प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive