शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

सहिद तिवारीको स्मृतिमा खुल्ला भजन प्रतियोगिता हुने

पुस २७, २०८१
पुस २७, २०८१
पर्वत : सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा आउँदो माघ १ गते खुल्ला भजन प्रतियोगिता आयोजना हुने भएको छ ।
सहिद तिवारी स्मृतिमा स्थापना गरिएको ‘सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठान’ को आयोजनामा सहिद तिवारीको घर रहेको फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित नुवारमा रहेको घरमा नै प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने समूहलाई २१ हजार, दोस्रो हुने समूहलाई १५ हजार, तेस्रो हुने समूहलाई ११ हजार र सान्त्वना हुने समूहलाई ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ ।
कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहिद पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका संरक्षक गंगाधर तिवारीले आफ्ना सहिद बुबाको स्मरणमा हरेक वर्ष सामाजिक कार्यक्रमहरूको आयोजना गर्ने गरिएको बताए । शंकरपोखरी सहित पर्वतको विकासमा सघाउन केन्द्रीय नेताहरू सहित अन्य सरोकारवालहरूको सहभागितामा कार्यक्रम गर्ने गरिएको उनको भनाइ छ ।
सहिद तिवारीको सम्झनामा विगतमा पनि लोक गीत प्रतियोगिता आयोजना गर्ने गरिएको थियो । यस पटक भने भजन प्रतियोगिताको आयोजना गरिएको हो । कार्यक्रममा भजन प्रतियोगिता सहित अन्य विविध कार्यक्रमहरू पनि आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर के.सी.ले जानकारी दिए । उनका अनुसार ती प्रतियोगिताहरू माघ १ गते बिहान १० बजेदेखि सुरु हुनेछन् ।
प्रतियोगितामा एक समूहमा बढीमा नौ जना सम्म सहभागी हुन पाइने छ भने गीतको विषयबस्तु सहिद हरिदत्त तिवारीको सपना र हालको विकास राखिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive