मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

नेपाल टेलीकमको आयोजनामा फलेवासमा कार्यक्रम सम्पन्न

माघ ३, २०८१

पुस ३, २०८१
पर्वत : नेपाल टेलीकम पर्वतको आयोजनामा फलेवासको राहालेमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मा शाखाका कर्मचारी जगननाथ अधिकारीका अनुसार स्थानीय नागरिकलाई निःशुल्क सिम कार्ड वितरण गर्ने, नेपाल टेलीकमको फाइबर नेटको बारेमा जानकारी गराउने, नेपाल टेलीकमले दिइरहेका सेवामा कुनै गुनासा भएमा नागरिकबाट सुन्ने गरी नागरिक, जनप्रतिनिधि र टेलीकमका कर्मचारीहरु सहित छलफल गरिएको हो ।
राहालेमा रहेको कृषि पशु सेवा केन्द्रमा आयोजना भएको कार्यक्रममा फलेवास नगरपालिका ५ र ६ का वडाध्यक्षहरु नारायण प्रसाद लामिछाने र नबिन कुमार श्रेष्ठ तथा वडा नं. ४ मुडिकुवाका जनप्रतिनिधिहरु सहित नेपाल टेलीकम बागलुङका प्रमुख सन्तोष बराल, कुश्माका प्रमुख कुमोद महतो, गरिमा विकास बैंक, कुमारी बैंक लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भमा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले नागरिकलाई टेलीकमको निशुल्क सिम कार्ड वितरण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले नेपाल टेलीकमले सुलभ दरमा उपलब्ध गराएको भोइस र डेटाले नागरिकलाई सहज भएको बताउनुभयो । पछिल्लो समयमा नेपाल टेलीकमले दुर्गम स्थानसम्म पनि उत्कृष्ट सेवा दिइरहेको भन्दै उहाँले बिपन्न र आर्थिक रुपमा समस्यामा रहेका नागरिकहरुसमक्ष सेवा पु¥याउनको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल टेलीकम बागलुङका प्रमुख सन्तोष बराल, कुश्माका प्रमुख कुमोद महतोले नेपाल टेलीकमले एउटै तारबाट उच्च गतिको इन्टरनेट, टेलिफोन, र टेलिभिजन सेवा प्रदान गर्दै आएको बताउनुभयो । भौतिक सिम कार्डको आवश्यकता बिना नै मोबाइल सेवाहरू प्रयोग गर्न सकिने सुविधा, नेपाल टेलीकम वाइफाइ सेवाको परीक्षण, अन्तर्राष्ट्रिय रोमिङ सेवा लगायतको बारेमा स्थानीयलाई जानकारी गराउनुभयो । सोही कार्यक्रमको अवसरमा पारेर स्थानीय दुई नागरिकको घरमा एफ.टी.टी.एच प्रविधिको इन्टरनेट समेत जडान गरिएको कर्मचारी जगन्नाथ अधिकारीले जानकारी दिनुभयो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive