पर्वत : काश्यप गोत्रिय अधिकारी बन्धु प्रतिष्ठान पर्वतको अध्यक्षमा देवी अधिकारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
पाँचौँ जिल्ला अधिवेशनबाट बनेको समितिको वरिष्ठ उपाध्यक्षमा लोकप्रसाद अधिकारी, उपाध्यक्षमा रामप्रसाद अधिकारी, शारदा देवी अधिकारी (दुर्गा) र जगन अधिकारी, सचिवमा गोपाल अधिकारी र कोषाध्यक्षमा हरिश्चन्द्र अधिकारी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा रमाकर अधिकारी, भवराज शर्मा, मानबहादुर अधिकारी, कृष्णप्रसाद अधिकारी, आनन्द अधिकारी र दुर्गा अधिकारी सर्वसम्मत हुनुभएको छ ।
यस्तै केन्द्रीय प्रतिनिधिमा शिव शर्मा अधिकारी र प्रदेश प्रतिनिधिमा चिरञ्जीवी अधिकारी चयन हुनुभएको छ । यसअघि गत माघ २६ गते आयोजना भएको अधिवेशनबाट कार्यसमितिको टुङ्गो लगाउने भनिएको थियो । कार्यसमितिको टुङ्गो लगाउनको लागि भेलाले केन्द्रीय सदस्य गोविन्द अधिकारीको संयोजकत्वमा समिति तयार पारेको थियो । जसको सदस्यहरूमा केन्द्रीय सदस्य हेमप्रसाद अधिकारी, ख्यामनाथ अधिकारी, शिव शर्मा अधिकारी र रघुनाथ अधिकारी रहनुभएको थियो । उक्त समितिले सुझावका आधारमा तयार पारेको कार्यसमितिको अन्तिम नामावली नै सर्वसम्मत रूपमा चयन गरिएको हो ।
शनिवार आयोजित घोषणा सभामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई टीका, माला र खादा सहित सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक गोविन्द अधिकारीले अधिकारीहरू एक भएर अगाडि बढ्दै वंशको विकासका लागि काम गर्नुपर्ने बताउनुभयो । आफ्नो कुलको रक्षा गर्न सकेमा नै पछिल्ला पिँढीहरूको विकास हुने भएकोले सत्कर्मबाट नै सबैको भलाई हुने उल्लेख गर्नुभयो । यस्तै, निर्वाचन समितिका सदस्य तथा जिल्ला कार्यसमितिका सल्लाहकार शिव शर्मा अधिकारीले अधिकारी रहेको हरेक ठाउँमा पुगेर नेतृत्वले उनीहरूको बारेमा सोधखोज र तथ्याङ्कको बारेमा अद्यावधिक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा निर्वाचन समितिका सदस्य रघुनाथ अधिकारी, वरिष्ठ उपाध्यक्ष लोक प्रसाद अधिकारी, निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारीले पनि बोल्नुभएको थियो । निर्वाचन समितिका संयोजक गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य तथा केन्द्रीय सदस्य हेम प्रसाद अधिकारीले गर्नुभएको थियो ।




