बुध, माघ २८, २०८२
Wed, February 11, 2026

तरुण दल कुश्मा नगर समितिको बैठकबाट पदाधिकारी तथा सदस्यहरु मनोनित

फाल्गुन २२, २०८१

पर्वत : पूर्ण सदस्यता वितरणका लागि नेपाल तरुण दल कुश्मा नगर कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
बैठकले दलको कुश्मा कार्यसमितिको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री, सचिवमा लालकृष्ण पौडेल र रवि अधिकारी, कोषाध्यक्ष सञ्जोग गुरुङ चयन भएका छन् । यस्तै सदस्यहरुमा रामप्रसाद सापकोटा, दीपक श्रेष्ठ, अनिता परियार, भीम बहादुर, प्रकाश सुवेदी, गोविन्दराज पौडेल, रामु श्रेष्ठ, सन्दिप श्रेष्ठ, निराजन अधिकारी, मनोनित भएका छन् । यसैगरी, कुश्मा नगरपालिका–६ को वडा सभापति सुरेश लामिछानेलाई मनोनित गरिएको नगर सभापति सुवर्ण अर्यालले बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका उपसभापति डा. चुडामणि शर्माले पार्टीको तर्फबाट बधाई दिँदै बि.पी.कोइरालाको कल्पना गरेको तरुण दलको सदस्यका रुपमा रहन पाउनु खुसीको कुरा भएको बताए । नेपाली काँग्रेसको शक्तिको रुपमा रहेको तरुण दलले नेपाली काँग्रेस पर्वतको राजनीतिका लागि धेरै योगदान गर्ने अपेक्षा गरिएको बताए ।
यस्तै अर्का उपसभापति शिव प्रसाद सुवेदीले तरुण दल सिंगो पार्टीको मेरुदण्ड रहेको भन्दै उर्जाशील समयलाई देश निर्माणका लागि उपायेग गर्न अनुरोध गरे । तरुण युवाहरुको साथले नेपाली काँग्रेसको राजनीति बलियो हुने र काँग्रेसको राजनीति बलियो हुँदा लोकतन्त्र बलियो हुने उनको भनाइ छ ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क का सभापति राजकुमार क्षेत्री, जिल्ला कार्यसमिति सदस्य तथा महाधिवेसन प्रतिनिधि शिव शर्मा अधिकारी, नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सभापति किशोर भण्डारी, तरुण दलका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रतिनिधि मनोज गुरुङ, जिल्ला उपाध्यक्ष तथा प्रतिनिधि सुनिल क्षेत्री लगायतले बोलेका थिए ।
कार्यक्रमको समापन गर्दै तरुण दल कुश्मा नगर सभापति सुवर्ण अर्यालले तरुण युवाहरुको जोशले नै नेपाली काँग्रेसको राजनीति थप बलियो बनेको बताउँदै आगामी निर्वाचनको लागि एकताबद्ध रुपमा सक्रिया हुनुपर्ने बताए । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई सबैभन्दा बलियो दलको रुपमा स्थापित गरेर राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई बलियो पार्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । नेपालका हरेक आन्दोलनको नेतृत्व गर्दै आइरहेको काँग्रेसले अब युवा शक्तिलाई अझै बढी साथमा लिएर सिंगो पार्टीलाई युवाको शक्तिले भरिपूर्ण बनाउनुपर्ने सभापति अर्यालले बताए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive