बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

पर्वत नयाँपुलको पहिरोमा आएका ढुंगा सेनाले विस्फोट गरायो (भिडियो)

संजय रेग्मी
असार २८, २०७८
पर्वत : पाँच दिनदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा–बागलुङ सडक खण्ड सुचारु गराउन नेपाली सेनाले पहिरोमा आएका ढुंगा फुटाउन बिस्फोटक पदार्थको प्रयोग गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा गत असार २४ गते सडकमाथिबाट अजमानका ढुङ्गा सहित आएको पहिरोका कारण बाटो अवरुद्ध अवस्थामा थियो । पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडी अन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दा समेत नफुटेपछि सडक खुलाउन समस्या भएको थियो ।
डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सुचारु गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिने निर्णय भएको थियो । सोही अनुसार नेपाली सेनाको पर्वतमा रहेको केवलजंग गुल्मले पहिरो स्थलमा विस्फोट गराएको हो । विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि तत्कालको लागि बाटो एकतर्फी रूपमा सञ्चालनमा गर्ने प्रयास भइरहेको गुल्मका उपसेनानी प्रवीण धितालले जानकारी दिए ।

हेर्नुहोस भिडियो :

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive