पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङमा स्थापित पाङ युवा क्लबको आयोजनामा गाेडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको क्लबले बागलुङ र पाङ अदुवावारी जाेड्ने पुलकाे वरपर र नुवार भवानी बालविकास केन्द्र सम्म सरसफाइ गरेकाे हाे । यस भन्दा अगाडि पुलकाे मुखमा धुपी असाेक लगाएतका विरूवाहरू रोप्ने कार्य सम्पन्न भएको थियाे । क्लबको कार्ययोजना अनुसार नै गरिएको उक्त कार्यक्रममा गत वर्ष लगाइएका विरूवा गोडमेल र मलजल पनि गरिएको छ । स्वस्थ पाङ हाम्रो अभियान भन्ने मूल नाराका साथ आयाेजना गरिएकाे कार्यक्रममा करिब ३५/४० जनाकाे सक्रिय सहभागीता रहेकाे थियाे । क्लबका अध्यक्ष जयराम सुवेदीले वातावरणको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले विद्यार्थी, युवा तथा समाजसेवी व्यक्तित्वहरुसँगको सहकार्यमा वातावरणमैत्री काम गरिएको बताए ।
वृक्षारोपण, गोडमेल तथा सरसफाइ कार्यक्रममा समाजसेवी रामचन्द्र अधिकारीले यस्ता कार्यक्रममा सबै जाेडिन आग्रह गरेका थिए । क्लबको कार्ययोजना अनुसार आउँदा दिनमा अन्य स्थानमा पनि विरूवा गाेडमेल तथा सरसफाइ कार्यक्रम रहेकोले स्थानीयबासीहरुलाई उक्त कार्यक्रममा सहभागी हुन पाङ युवा क्लबले अनुरोध गरेकाे छ ।