शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

पर्वत जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम कार्यक्रम सम्पन्न

चैत्र १०, २०८१
पर्वत : पर्वत जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तरगत प्रभावकारी तरिकाले सार्वजनिक रूपमा बोल्ने कला सम्बन्धी तालिम सम्पन्न भएको छ ।
युवामा नेतृत्व सीपको विकास, विधिको शासन, आर्थिक न्याय, विश्वबन्धुत्व र मानव सेवामा समर्पित व्यक्तित्व निर्माण गर्ने लक्ष्यसहित आयोजना भएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल जेसीज २०२५ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निरूपित शाखा क्षेत्र ख एलिना महर्जन रहेकी थिइन् । जेसिजबाटै सौरभ श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष  निरूपित शाखा क्षेत्र ख अभिषेक दुलाल, राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्री लगायतको पनि सहभागिता रहेको थियो । तिन वटा शाखा बिच मेलमिलाप भातृत्व कायम राख्न विगतका वर्षहरूमा जस्तै आयोजना गरिएको कार्यक्रममा पर्वत, वाग्लुङ र म्याग्दी शाखाका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले गरेका थिए भने कार्यक्रमको संयोजन पदमलाल गौतमले गरेका थिए । कार्यक्रममा पर्वत जेसीज अध्यक्षिय क्लब अध्यक्ष निर्मल विश्वकर्मा, पर्वत जेसीज तालिम प्रतिष्ठान संयोजक एवम् पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष  सिनेटर अर्जुन प्रसाद चापागाईँ, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं पर्वत जेसीज बोर्ड अफ ट्रस्टिजका संयोजक सिनेटर विषम कुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर वसन्त कुमार कर्माचार्य, सिनेटर हिमबहादुर पौडेल क्षेत्री, वाग्लुङ शाखा अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठ र म्याग्दी शाखा अध्यक्ष विनोद घर्ति लगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
प्रशिक्षण सत्रमा प्रमुख प्रशिक्षक रश्मि शिल्पाकारले आत्मविश्वास, प्रभावकारी सार्वजनिक संवाद कला, निर्णय क्षमता, रणनीतिक सोच र नेतृत्वदायी गुणको विकास सम्बन्धी विषयवस्तुमा प्रशिक्षण दिएकी छिन् ।  सहभागीहरूले प्रशिक्षणलाई जीवन बदल्ने अवसर को रूपमा लिएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
कार्यक्रम समापनका क्रममा अध्यक्ष अच्युत पौडेलले युवा नेतृत्वलाई अझ सशक्त बनाउन आगामी दिनमा थप नवीन कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रम सफल बनाउनका लागि  सहयोग गरेका सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
प्रशिक्षण कार्यक्रमको सञ्चालन पर्वत जेसीज वर्ष २०२५ का महासचिव प्रवेश राज पुरीले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive