मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

एकता क्लबले गुफामा किन दियो ‘फ्रिज’ ?

पर्वत : सामाजिक सेवामा विभिन्न कामहरू गर्दै आइरहेको कुश्माको एकता युवा क्लबले गुप्तेश्वर गुफामा फ्रिज हस्तान्तरण गरेको छ ।
गर्मी मौसम सुरु भएसँगै प्रसादका लागि अर्पण गरिने दूध दही लगायतका अन्य कतिपय खाद्यान्नहरू बिग्रिने गरेको छ । त्यस्तो नहोस् भन्नका लागि विभिन्न व्यक्तिहरूको आर्थिक सहयोगमा फ्रिज किनेर शनिवार गुफामा नै लगेर हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष कवीन्द्र के.सी. को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कुश्मा नगरपालिका–४ वडाध्यक्ष दिनेश श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष हरिनारायण उपाध्याय तथा क्लबका संस्थापक सल्लाहकार वसन्त बहादुर सि.के. ले शुभकामना मन्त्ब्य व्यक्त गरे । क्लबका सदस्य तथा कार्यक्रम संयोजक सन्तु गिरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव अर्जुनराज पुरीले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive