बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

चण्डिका गण पर्वतले २३ औं स्थापना दिवस मनाउंँदै

पर्वत : सशस्त्र प्रहरी बल, नेपाल नं. २५ गण हेडक्वार्टर चण्डिका गण पर्वतले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा चैत १० गतेदेखि विविध सामाजिक, धार्मिक, स्वास्थ्य, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको छ ।
स्थापना दिवसको सन्दर्भमा चैत १० गते धार्मिक तथा सार्वजनिक स्थलहरूको सरसफाइ अभियान सञ्चालन गरिएको छ । यस अन्तर्गत कुस्मा नगरपालिका–७ स्थित दिव्य गुफा, दिव्य गुफासँग जोडिएको शिव पञ्चायन मन्दिर परिसर सरसफाइ गरिएको र सोही मन्दिरमा हनुमानजीको मूर्तिसमेत स्थापना गरिएको छ । चैत ११ र १२ गते विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको छ, जसमा फुटबल, भलिबल, टेबल टेनिस, महिला सकस म्याच, म्यूजिकल चेयर, हाई जम्प, लङ जम्प र ब्याडमिन्टन समावेश गरिएका छन् । यी गतिविधिहरूले गण तथा स्थानिय समुदायबीच सहकार्य र उत्साह थपेको शसस्त्र प्रहरी बलले बताएको छ ।
चैत १३ गते जिल्ला रेडक्रस सोसाइटी पर्वत शाखाको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ भने, चैत १४ गते कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयमा समुदायस्तरको स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिँदै छ । व्यापारिक गतिविधिका रुपमा चैत १५ गते दुई माईल, बाधापार र हातहतियार खोलजोड सम्बन्धी प्रतियोगिता आयोजना गरिएको छ । यस्तै, चैत १६ गते ५ जनाको दरले ४ वटा टिम सहभागी हुने गरी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । चैत १७ गते गण परिसरमा २० वटा विभिन्न जातका विरुवा रोपेर वृक्षारोपण कार्यक्रम गरिँदै छ ।
चैत १८, १९ र २० गते कार्यालय परिसरमा दीपावली कार्यक्रम समेत मनाइने सशस्त्र प्रहरीले बताएको छ । स्थापना दिवसको सन्दर्भमा चैत १० देखि १८ गतेसम्म प्रत्येक दिन सांस्कृतिक तथा सामूहिक कार्यक्रमहरू जस्तै गीत, नृत्य, कविता, मुक्तक र हास्यव्यङ्ग्य प्रस्तुत गरिँदै छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive