शनि, माघ १०, २०८२
Sat, January 24, 2026

न्यूयोर्कमा बस्ने गिरीद्धारा जन्मदिनमा शिव मा.वि. फर्सेलाई ५० हजार सहयोग

चैत्र १५, २०८१

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ लस्ती घर भई अमेरिकामा रहेका प्रकाश गिरीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
न्यूयोर्कमा रहेका उनले आफूले पहिले अध्ययन गरेको लस्तीकै शिव माध्यमिक विद्यालय फर्सेलाई उक्त आर्थिक सहयोग गरेका विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लवजंग हमालले बताए । जन्मदिनलाई भड्किलो र संस्कृतिमा असर गर्ने गरी मनाउने संस्कार बढिरहेको बेलामा बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माण गर्ने विद्यालयजस्तो पवित्र संस्थामा सहयोग गरेर अरूका लागि पनि प्रेरणाको काम भएको उनको भनाई छ ।
विद्यालयप्रतिको माया र सामाजिक उत्तरदायित्वको भावना अनुरूप आफूले जन्मदिनको अवसर पारेर विद्यालयमा सहयोग गरेको गिरीले बताएका छन् । उक्त रकमलाई अक्षयकोषका रूपमा राख्ने र त्यसबाट प्राप्त भएको ब्याजबाट गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकाहरूलाई शैक्षिक सामग्री खरिद, छात्रवृत्ति लगायतका शिक्षण सिकाई क्रियाकलापमा खर्च गर्न विद्यालयलाई अनुरोध गरेको सहयोगदाता गिरीको भनाइ छ ।
उक्त सहयोग घोषणालाई विद्यालय परिवार र स्थानीय समुदायले प्रेरणादायी कार्यको रूपमा लिएका छन् । गिरीको योगदानले अन्य पूर्वविद्यार्थीहरूलाई पनि आफ्ना शैक्षिक जरा भएका संस्था र समुदायप्रति उत्तरदायी हुन प्रेरित गरेको छ । विद्यालयका अध्यक्ष हमालले विद्यालयलाई थप सशक्त बनाउन सहयोग पुग्ने भन्दै जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्नु उदाहरणीय काम भएको बताए ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive