मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

नेष्डोको सञ्चालकबाट हमालको राजीनामा

पर्वत : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विप्लव हमालले दिनुभएको राजीनामा स्वीकृत भएको छ । गत चैत ९ गते शनिबारका दिन सम्पन्न संस्थाको १०४ औं बैठकले हमालको राजीनामा स्वीकृत गरेको हो ।
हमालले आफ्नो व्यक्तिगत कारण देखाउदै संस्थाको सञ्चालक पदबाट राजीनामा दिएका थिए । आफ्ना व्यक्तिगत कारणहरू तथा समय अभावका कारण संस्थालाई अपेक्षित योगदान दिन असमर्थ हुने परिस्थिति सिर्जना भएकोले आफूले पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
हमालले संस्थामा कार्यरत रहँदा प्राप्त सहयोग, स्नेह र सहकार्यका लागि अध्यक्षज्यू तथा सम्पूर्ण सञ्चालक समिति, व्यवस्थापन टोली तथा समग्र नेष्डो परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन् । साथै उनले संस्थाको निरन्तर प्रगति, सर्वसाधारण लगानीकर्ताको हित संरक्षण तथा संस्थागत विकासको शुभकामना व्यक्त गरेका छन् ।
उनले संस्थालाई आवश्यक सल्लाह वा सुझाव आवश्यक परेमा, म आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive