शनि, माघ १०, २०८२
Sat, January 24, 2026

सामाजिक सञ्जालमा कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला के हो ?

बैशाख ५, २०८२

पर्वत : शुक्रवार दिउसोदेखि सामाजिक सञ्जाल तथा शिक्षकहरुका नीजि समूहहरुमा कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको ‘लेटर हेड’ प्रयोग गरेर सूचना राख्दै शिक्षकहरुको आन्दोलनका कारण परीक्षा तत्कालका लागि स्थगित भएको भनिएको छ। ‘२०८१ साल वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको’ व्यहोराको ‘फेक’ सामाजिक सञ्जालबाट प्रवाह हुँदा धेरैलाई अलमल भएको छ।
परीक्षा बोर्डले जारी गरे जस्तै गरी जारी भएको ‘फेक’ सूचनामा ‘वर्तमान परिस्थिति र शिक्षक आन्दोलनको कारण परीक्षा तत्काल सञ्चालन सम्भव नभएको’ जनाउँदै परीक्षा स्थगनको निर्णय भएको उल्लेख छ। शिक्षकहरूको प्रत्यक्ष सहभागिता बिना परीक्षाको निर्णय, व्यवस्थापन र प्रभावकारी सञ्चालन सम्भव नदेखिएकोले कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा हाललाई स्थगित गरिएको ‘फेक’ सूचनामा उल्लेख छ।
भ्रमक सूचना फैलिएपछि राष्ट्रिय परीक्षा बोर्डले आफ्नो आधिकारिक वेब साइटमा सूचना राख्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। बोर्डको आधिकारिक वेब साइटमा राखिएका बाहेकका सूचनाहरुमा विश्वास नगर्न भन्दै बोर्डले विद्यार्थीमा भ्रम उत्पन्न हुने गरी आएका सूचनामा विश्वास नगर्न भनिएको छ।
‘राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’, बोर्डको सूचनामा भनिएको छ, ‘परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेब साइट www.neb.gov.np मार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिनेहुँदा अन्य स्रोतबाट प्रबाह हुने सूचनामा भर नपर्न समस्त सरोकारवालामा बोर्ड हार्दिक अनुरोध गर्दछ।’
परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको ‘लेटर प्याड’ मा अध्यक्ष ‘स्क्यान’ गरिएको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको पनि परीक्षा बोर्डले उल्लेख गरेको छ।

वैशाख ५, २०८२

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive