बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वत जेसिजले किन निकाल्यो फरक खालको पात्रो ?

बैशाख ७, २०८२

पर्वत : पर्वत जेसिजले तयार पारेको नयाँ बर्ष २०८२ सालको भित्ते पात्रो सार्वजनिक गरिएको छ ।
जेसिजका गतिविधिहरुलाई नियमित रुपमा सञ्चालन गर्न सकिने गरी तयार पारिएको पात्रोको शनिवार जेसिज सचिवालयमा आयोजना भएको कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेल, पर्वत जेसिज अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्मा, पर्वत जेसिज तालिम प्रतिष्ठानका संयोजक अर्जुन चापागाईँ, पर्वत जेसिजका संस्थापक महासचिव तथा पूर्व राष्ट्रिय उपाध्यक्ष बसन्तकुमार कर्माचार्य र पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले संयुक्त रुपमा भित्तेपात्रोको बिमोचन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जेसिजमा आवद्ध भएका यूवाहरुले गरिरहेको काम प्रंशसनीय रहेको बताउनुभयो । सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएको जेसिजले उर्जाशिल युवाहरुलाई एकाकार पार्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । युवाहरुको रचनात्मक कामले नै समाजलाई गतिशिल बनाउने भन्दै पौडेलले कुश्मा नगरपालिकाले जेसिजसँग सहकार्य गरेर कामहरु गर्ने बताउनुभयो । बिमोचन भएको पात्रोको आकार बजारमा देखिरहेको पात्रो भन्दा फरक भएको बारेमा पनि उहाँले चासो दिनुभयो ।
यस्तै अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्माले युवा पलायन रोक्नका लागि पर्वत जेसिजले सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव राख्नुभयो । कुश्मा नगरपालिकासँग मिलेर केही कामहरु गर्न आफूहरु इच्छुक रहेको उहाँको भनाइ छ । कार्यक्रमका संयोजक लक्ष्मण बि.सीले अतिथिहरुलाई स्वागत गर्दै पात्रो निकाल्न सहयोग गर्ने विभिन्न पक्षबाट सहयोग गर्नेहरु तथा विज्ञापनदाताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
पर्वत जेसिजले आफ्ना गतिबिधिहरुलाई सक्रियताका साथ सञ्चालन गरिरहेको त्यसमा सबैको साथ हुनुले आफूहरुलाई निकै उर्जा मिलिरहेको अध्यक्ष अच्युत पौडेलले बताउनुभयो । आफूहरुले केही न केही रचनात्मक काम गर्ने गरी जेसिज गतिबिधिहरुलाई अगाडि बढाइरहेको भन्दै उहाँले अब सरकारी तथा गैर सरकारी निकायहरुसँग समन्वय गरेर गतिबिधिहरु आयोजना गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । फरक आकारको पात्रो सार्वजनिक गर्दा त्यसले सबैको ध्यान तान्ने भएकोले आकारमा नयाँ तरिका अपनाएको उहाँको भनाइ छ । अध्यक्ष पौडेलकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पर्वत जेसिजका महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive