बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पाथीभरा जाँदै गरेको जीपमा करेण्ट लाग्यो, चारजनाको मृत्यु, दुई गम्भीर

बैशाख ८, २०८२

काठमाडौं : ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो।

मृतकको पहिचान भइसकेको छैन। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको हरी निरीक्षक बस्नेतले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive