मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

शिक्षक संघको स्थापना दिवसमा फलेवासमा रक्तदान

बैशाख ३१, २०८२

पर्वत : नेपाल शिक्षक संघको ३६औं स्थापना दिवसको अवसरमा नेपाल शिक्षक संघ पर्वतको संयोजनमा फलेवास नगर कार्यसमितिले मंगलबार एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा खुल्ला रक्तदान तथा नयाँ भित्तेपात्रो (क्यालेन्डर) को लोकार्पण गरिएका छ ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्य, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपमहासचिव विष्णु प्रसाद शर्मा, प्रदेश सदस्य मोति प्रसाद चुवाई, पर्वत जिल्ला अध्यक्ष यज्ञनाथ बास्तोला, सचिव नगेश्वर उपाध्याय लगायत दर्जनौं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा फलेवास नगरपालिका–६ का वडाअध्यक्ष नवीन कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्र बहादुर रिमाल, मन्त्री आशिष जोशी, कोषाध्यक्ष ध्रुव मल्ल, संस्थापक केन्द्रीय प्रतिनिधि गंगाराज शर्मा पौड्याल, मुडिकुवाका सभापति लिलाधर गौडेल, नेपाली काँग्रेस फलेवासका कोषाध्यक्ष तोरण शर्मा, निजामति कर्मचारी युनियनका पूर्व प्रतिनिधि कृष्णराज पौडेल, नेपाल शिक्षक संघ कुश्माका अध्यक्ष मिम शर्मा लामिछाने, नेपाल किसान महासंघ फलेवासका अध्यक्ष भीम बहादुर क्षेत्री लम्साललगायत संघसंस्थाका प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत आयोजित खुल्ला रक्तदान कार्यक्रममा शिक्षक, शिक्षिका, अभिभावक तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । आयोजक समितिका अनुसार रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको छ भने भित्तेपात्रो लोकार्पणले शिक्षक संघको गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । नेपाल शिक्षक संघ फलेवास नगर कार्यसमितिले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै माया, सद्भाव र सहकार्यको अपेक्षा गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive