शनि, माघ १०, २०८२
Sat, January 24, 2026

पर्वत मिलन महिला समूहको रजत जयन्तीको अवसरमा तीन दिने उत्सव सुरु

समूहको काम प्रशंसनीय, अनुकरणीय र प्रेरणादायी : नगरप्रमुख जोशी

बैशाख ३१, २०८२

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा केन्द्रित भएर २०५७ सालमा स्थापना भएको पर्वत मिलन महिला समूहले आफ्नो स्थापनाको २५ औँ वर्षको अवसरमा रजत जयन्तीको उत्सव सुरु भएको छ ।
‘समाज रुपान्तरणको लागि महिलाको सहभागिता–आजको आवश्यकता’ भन्ने मूल नारा सहित मङ्गलबार, बुधबार र बिहीबार गरी तीन दिनसम्म उत्सव मनाउन सुरु भएको हो । बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइने उत्सावको मङ्गलबार उद्घाटन गरिएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्मा सहित नेवाः सांस्कृतिक समूह, सिसेफ नेपाल, पर्वत सुनचाँदी व्यवसायी संघ, धौलागिरी बहुउद्धेश्यीय महिला विकास समिति, कुश्मा स्पोर्टस क्लब, कुश्मा नारी समूह लगायतका संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा रजत जयन्तीको उद्घाटन गरिएको हो ।


तीन दिने उत्सवको उद्घाटन गर्दै नगरप्रमुख जोशीले समाजको समुन्नत विकास र रूपान्तरणमा महिलाको सशक्त, समान र अर्थपूर्ण सहभागिता अनिवार्य भएको बताए । महिलाको सहभागिताविना समावेशी र न्यायपूर्ण समाजको परिकल्पना अधुरो र असम्भव हुने भन्दै उनले पर्वत मिलन महिला समूहले विगत २५ वर्षयता समाजको हरेक तहमा महिलाको भूमिका सशक्त बनाएकोमा खुसी व्यक्त गरे । नगरप्रमुख जोशीले चेतना अभिवृद्धि गर्ने, आत्मनिर्भरता र आत्मविश्वास विकास गर्ने अभियानलाई नेतृत्वदायी ढङ्गले अघि बढाउने समूहको काम प्रशंसनीय, अनुकरणीय र प्रेरणादायी रहेको बताए । समूहले स्थापना कालदेखि अहिलेसम्म महिलाहरूलाई सङ्गठित गर्दै, उनीहरूलाई सामाजिक, आर्थिक र शैक्षिक रूपमा सक्षम बनाउन उल्लेखनीय कार्यहरू गर्दै आएकोमा उनले खुसी व्यक्त गरे ।
उपप्रमुख रिजालले बिभिन्न अभियानबाट समाजका बिभिन्न क्षेत्रमा समूहले दिएको योगदानले समाजको चेतना स्तर उकास्न सहयोग पु¥याएको बताइन् । २५ वर्षको यात्राले संस्थाको प्रगतिको गाथा मात्रै नबोकेर एक प्रेरणादायी भूमिका र समाजसेवको उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरेको उनको भनाइ छ । यस्तै वडाध्यक्ष शर्माले संस्थाको गौरवपूर्ण उपलव्धिमा सबैमा गर्वको अनुभूति भएको बताए । समूहले आगामी दिनहरूमा अझ व्यापक उद्देश्य र सशक्त योजनासहित सामाजिक रूपान्तरणको अभियानलाई अझ गति दिने विश्वास लिइएको उनको भनाइ छ ।
कार्यक्रमको उद्घाटन सत्रमा समूहको रजत जयन्तीको अवसरमा प्रकाशन गरिएको स्मारिकाको पनि बिमोचान गरिएको छ । बिशिष्ट व्यक्तिहरुको शुभकामना सन्देश सहित समूह इतिहासका बारेमा बिभिन्न सामग्रीहरु समावेश गरिएको स्मारिका नगरप्रमुख जोशी, उपप्रमुख रिजाल लगायतले बिमोचान गरेका हुन् ।


कार्यक्रममा दृष्टिबिहीन तथा दीर्घरोगी लैला खातुन र दीर्घरोगी एन्जिला कुँवरलाई आर्थिक सहयोग गरिएको छ । उनीहरुलाई आर्थिक सहयोग गरेका गंगा जोशी, मोनिका लामिछाने, मौलिक लामिछाने, सीता सुवेदी, सिसेफ नेपाल, भिमबहादुर नेपाली र पर्वत सुनचाँदी व्यवसायी संघले सहयोग उपलब्ध गराएका हुन् । यस्तै सुस्मिता श्रीस र रुबिना पौडेलले जिन्सी सहयोग गरेका छन् ।
समूहकी उपाध्यक्ष सीता शर्माको स्वागत तथा समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष एवं संस्थापक उपाध्यक्ष बुद्धि कुमारी श्रेष्ठ, नेवाः दव दवुका अध्यक्ष एवं संस्थापक सल्लाहकार बिष्णु प्रसाद नेवार, समुहका संस्थापक सल्लाहकार इन्द्र बहादुर श्रेष्ठ, समुहका मातृ संस्था पर्बत मिलन क्लबका अध्यक्ष झलक कार्की, लगायतले पनि बोलेका थिए । उद्घाटन समारोहको सञ्चालन सचिव कमला श्रेष्ठले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive