पर्वत : पर्वतमा आयोजना भएको प्रथम प्रहरी नाउव उपरीक्षक कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता २०८२ को उपाधि प्रहरी नायव निरीक्षक मानबहादुर थापा क्षेत्री र प्रहरी जवान सोनाम पुनको जोडीले जितेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको नवप्रवर्तनात्मक कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत र मातहतका प्रहरी इकाईमा कार्यरत सबै दर्जाका प्रहरी कर्मचारीहरुका लागि प्रतियोगिताको आयोजना भएको हो । प्रतियोगिताको तेस्रो दिन मङ्गलबार भएको फाइनल खेलमा क्षेत्री र पुनको जोडीले जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन बिष्ट र प्रहरी जवान हुम सारुको जोडीलाई पराजित गरेको हो । बिजेता बनेको टोलीले प्रतिस्पर्धामा उत्रिएका अन्य १६ टोलीहरुलाई पछाडि पार्दै उपाधि जितेको हो ।
प्रतियोगिताको फाइनल खेलको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, सशस्त्र प्रहरी उपरीक्षक करणसिंह धामी, कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष प्रेम गुरुङ, मोदी काली ब्याडमिन्टन संघका अध्यक्ष सुनिल भुसाल र कोषाध्यक्ष रामप्रसाद पुन, प्रहरी निरीक्षकहरु रामप्रसाद सापकोटा र सुमित श्रेष्ठ तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको उद्देश्य प्रहरी संगठनभित्र खेलकुद संस्कृतिको प्रवद्र्धन, शारीरिक सुदृढीकरण, र आपसी समन्वय एवं सहकार्यको भावना अभिवृद्धि गर्नु रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आगामी दिनहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै संस्थागत विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
पर्वतमा भएको डि.एस.पी कप ब्यान्डमिन्टको उपाधि क्षेत्री र पुनको जोडीलाई
जेष्ठ १३, २०८२




