पर्वत : गण्डकी प्रदेशका ११ जिल्लाहरूमध्ये बागलुङ र पर्वत जिल्लामा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षाको मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकीका वर्षा मापक केन्द्रहरूमा गरिएको मापन अनुसार सबैभन्दा बढी वर्षा बागलुङमा ५६ दशमलव चार मिलिमिटर मापन गरिएको छ । यस्तै कुश्मामा ५६ दशमलव दुई, स्याङ्जामा ३२ दशमलव दुई, लमजुङको खुदी बजारमा २४ दशमलव छ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै सबैभन्दा कम लमजुङको कुन्छा र गोरखा एग्रोमेटमा मा शून्य दशमलव दुई मिलिमिटर, म्याग्दीको तातोपानीमा शून्य दशमलव आठ, म्याग्दीको बेनी बजारमा तीन, मनाङको चामेमा चार दशमलव चार, तनहुँको दमौलीमा तीन दशमलव चार मिलिमिटर वर्षा भएको मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभरका वर्षाको अवस्था हेर्दा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोसी प्रदेशको नममा एक सय दुई मिलिमिटर, कोशीकै लुक्ला विमानस्थलमा ७१ दशमलव तीन मिलिमिटर, बागमती प्रदेशको चन्दार्कुमा ७२ दशमलव चार मिलिमिटर वर्षाको मापन भएको छ ।
गण्डकी : पछिल्लो २४ घण्टामा बागलुङ र पर्वतमा धेरै वर्षा
असार १८, २०८२





