शनि, माघ १०, २०८२
Sat, January 24, 2026

कृषकसँग पर्वत मिलन क्लब, धान दिवसको अवसरमा चुवामा रोपाइँ

असार १६, २०८२
पर्वत : नेपाली कृषकहरूको विशेष दिन धान दिवस अर्थात् असारे १५ को अवसरमा पर्वत मिलन क्लबको आयोजनामा रोपाइँ कार्यक्रम सम्पन्न भएको छ ।
किसानसँग पर्वत मिलन क्लब भन्ने नाराका साथ कुश्मा नगरपालिका–८ चुवास्थित बौरमा कृषक श्रीजन पौडेलको खेतमा कृषकहरूसहित रोपाइँ कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष झलक बहादुर कार्कीको नेतृत्व तथा बुद्धि बहादुर गुरुको संयोजनमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी.ले सामाजिक सेवामा सक्रिय रहँदै आएको क्लबले कृषकहरूलाई पनि आफ्नो अभियानमा जोड्नका लागि गरेको रोपाइँ कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । क्लबले सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आफूले क्लबका लागि हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लबले चुवाका कृषकहरूसँग धान दिवस मनाउने निर्णय गरेकोमा पनि वडाध्यक्ष के.सी.ले खुसी व्यक्त गरे । विभिन्न दिवस तथा कार्यक्रमहरू नारामा मात्रै सीमित हुने र तल्लो तहसम्म नपुग्ने गरेको गुनासो आउने गरेको बेलामा क्लबले कृषकहरूसँगै खेतमा धान रोपेर दिवस मनाउँदै दिवसको महत्त्व पनि देखिएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष झलकबहादुर कार्कीले क्लबले हालसम्म गर्दै आइरहेका कामहरूको बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि नागरिकको सेवामा नै आफूहरू तयार रहेको बताए । जिल्लाकै निकै पुरानो क्लबको रूपमा रहेको पर्वत मिलन क्लबले समाजसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा पछिल्लो समयमा आफ्ना गतिविधिहरूमा सक्रियता देखाएको भन्दै उनले आफूहरूको अभियानमा जोडिन आम नागरिकलाई अनुरोध गरे ।
क्लबका अध्यक्ष कार्कीकै अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरू सहित चुवाको कृषकहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका महासचिव कृष्ण प्रसाद श्रेष्ठ (राजु) ले गरेका थिए ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive