मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कलाकार लक्ष्मी श्रेष्ठको निधन

असार २१, २०८२

काठमाडौँ : ‘अप्सरा आमा’को भूमिकामा चर्चित​ कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।

लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठ ‘मेरी बास्सै’ बाट प्रसिद्धि कमाएकी थिइन्। यस बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा केही फिल्ममा पनि अभिनय गरेकी थिइन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive