पर्वत : पर्वतको पैयूँ गाउँपालिकाको आयोजनामा ‘स्थानीय रोजगार रणनीतिको मस्यौदा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरिएको छ ।
कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री तोरण मल्ल ठकुरीज्यूले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष श्रीमती यामकुमारी रानाज्यू, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रशासकीय अधिकृतसुरज अधिकारीले आर्थिक वर्ष २०८२÷८३ देखि २०८६÷८७ सम्म कार्यान्वयन गरिने गरी तयार पारिएको “स्थानीय रोजगार रणनीति“ को मस्यौदामाथि विस्तृत प्रस्तुति दिनुभयो । उहाँले पाँचवटा प्रमुख रणनीतिक आधारहरूमाथि प्रकाश पार्नुभयो । जसमा उत्पादनशील आन्तरिक रोजगारीको प्रवद्र्धन, व्यावसायिक सीपसहितको दक्ष श्रम शक्तिको विकास, वैदेशिक र आन्तरिक रोजगारीमा संलग्नहरूलाई सहायता, लक्षित वर्गको रोजगारीमा पहुँच वृद्धि र सामाजिक सुरक्षा तथा श्रम अधिकारको प्रवद्र्धन रहेका छन् ।
उहाँले उक्त रणनीतिले पैयूँ गाउँपालिकामा मर्यादित र उत्पादनमूलक रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र दीर्घकालीन रूपमा गरिबी न्यूनीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको समापनमा अध्यक्ष ठकुरी र उपाध्यक्ष रानाले आ–आफ्ना मन्तव्यहरू व्यक्त गर्दै प्रस्तुत रणनीति गाउँपालिकाको समृद्धि र दिगो विकासको दिशामा एक सशक्त मार्गचित्र भएको उल्लेख गर्नुभयो ।
साथै, रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको र सबै सरोकारवालाहरूको सहकार्य, सहभागिता र साझेदारी अपरिहार्य रहने कुरामा विशेष जोड दिनुभयो ।




