बुध, अशोज २२, २०८२
Wed, October 8, 2025

रोट्र्याक्ट क्लब अफ पर्वतको दर खाने कार्यक्रम सम्पन्न

भदौ ४, २०८२

पर्वत : हरितालिका तीजको सांस्कृतिक र धार्मिक महत्वलाई उजागर गर्दै रोट्र्याक्ट क्लब अफ पर्वतले दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका महिला सदस्यलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा समाजमा महिलाको भूमिका, तीज पर्वले नारी एकतामा पु¥याउने योगदान र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया गर्दै दर खाने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ पर्वत २०२५/२६ की अध्यक्ष रो. लक्ष्मी कुमारी मेधासी प्रसाई रहेकी थिइन् । उनले शुभकामना मन्तव्य दिंदै तीज पर्वले महिलाबीच आपसी सम्बन्ध प्रगाढ बनाउन, सामाजिक सहकार्य विस्तार गर्न र नेपाली संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । साथै उनले क्लबलाई नगद सहयोग पनि प्रदान गरेकी छिन् ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष मोहन आचार्य विशिष्ट अतिथि रहेका थिए भने पूर्व अध्यक्षहरु अच्युत तिवारी, मिलन पौडेल, मिना खड्का, सुजन पौडेल, निवर्तमान अध्यक्ष गौतम पौडेल, इनरह्विल क्लब अफ पर्वत २०२५/२६ की अध्यक्ष सुजता बि. पौडेल तथा क्लबका बोर्ड सदस्यहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा क्लबका अध्यक्ष गणेश गौतमले सम्पूर्ण नेपाली हिन्दु नारीहरुलाई तीज पर्वको विशेष शुभकामना व्यक्त गर्दै पर्वले महिला सशक्तिकरण र सांस्कृतिक पहिचान संरक्षणमा पु–याउने योगदानबारे प्रकाश पारे । कार्यक्रममा सहभागी सदस्यहरुले दर खाने सांस्कृतिक प्रथासँगै नृत्य, गीत तथा रमाइलो संवादमा समय बिताएका थिए । उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लबले आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक र सेवा सम्बन्धी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive