मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

शाखाको साख बढाएको पर्वत जेसीजलाई ‘ब्रान्डिङ एन्ड भिजिबिलिटी अवार्ड’

भदौ १८, २०८२
पर्वत : सूचना र प्रविधिको प्रयोगमार्फत आधुनिक प्रविधि र युवालाई आपसमा जोड्न प्रयास गरिरहेको पर्वत जेसीजले यही प्रयासका लागि ‘अवार्ड’ नै पाएको छ ।
पर्वत जेसीज वर्ष २०२५ को अध्यक्ष अच्युत पौडेल नेतृत्वको टोलीले विभिन्न सामाजिक कामहरूलाई प्रविधिमा जोडेर पर्वत शाखाको मात्र नभई नेपाल जेसीजकै गरिमा उच्च बनाउनको लागि गरेको प्रयासस्वरुप ‘वेस्ट लोम इन ब्रान्डिङ एन्ड भिजिबिलिटी अवार्ड’ प्रदान गरिएको हो ।
गत भदौको १४ र १५ गते तनहुँको व्यास नगर जेसीजको आतिथ्यमा तनहुँको दमौलीमा सम्पन्न भएको नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा उक्त ‘अवार्ड’ पर्वत जेसीजका अध्यक्ष पौडेललाई प्रदान गरिएको हो । उक्त ‘अवार्ड’ नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं सम्मेलन सभापति एलिना महर्जनले प्रदान गरेकी हुन् । सो अवसरमा पर्वत जेसीजका पदाधिकारी तथा सदस्यहरू सहित पूर्व पदाधिकारीहरू र शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।
‘अवार्ड’ प्राप्त गरेपछि पर्वत जेसीजका अध्यक्ष पौडेलले सीप विकासलाई प्राथमिकता दिँदै, अवसर सिर्जना गर्दै र समाजलाई सक्रिय परिवर्तनको दिशातर्फ उन्मुख गराउने उद्देश्य बोकेर अघि बढिरहेको बताए । यो वर्ष गरिएका कार्यक्रमहरू आयोजनाका रूपमा सीमित नभई चेतना, सम्भावना र सरोकारका प्रतिविम्ब बनेका उनको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, नेतृत्व, खेलकुद र सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रमहरूले हाम्रो उद्देश्यलाई व्यवहारमा उतार्ने प्रयासका लागि नेतृत्व विकास तालिम, करियर गाइड पदयात्रा, रक्त समूह परीक्षण, सरसफाइ अभियान, खेलकुदद्वारा युवा सशक्तीकरण, डिजिटल सञ्जालमा संस्थागत पहिचान विस्तार र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जस्ता महत्त्वपूर्ण कामहरू गरिएको अध्यक्ष पौडेलले बताए । त्यसैको सम्मानमा पर्वत शाखाले ‘अवार्ड’ प्राप्त गर्दा आगामी दिनहरूमा झनै प्रभावशाली कामहरू गर्नुपर्ने जिम्मेवारी थपिएको उनको भनाइ छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive