शनि, अशोज २५, २०८२
Sat, October 11, 2025

माधुरी सहित्य प्रतिष्ठानद्धारा पत्रकार के.सी सहित सात जनालाई पुरस्कार

अशोज २१, २०८२

पर्वत : माधुरी साहित्य प्रतिष्ठान नेपाल पर्वतले लाल्टिन मिडियाकी प्रबन्धक सङ्गीता केसी सहित विभिन्न विधामा योगदान पु¥याएका ७ जना व्यक्तिलाई पुरस्कृत गरेको छ ।
उनीहरूलाई सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत केसी नेपाल पत्रकार महासङ्घ पर्वत र नेपाल प्रेस युनियन गण्डकी प्रदेशकी उपाध्यक्ष हुन् । सदरमुकाम कुश्माको होटेल बेन्जुमा मङ्गलवार भएको कार्यक्रममा समाजसेवी काशी कुमार जोशी, साहित्यकारहरू ध्रुवलाल शर्मा, केशवराज अमोदी, रुद्र ज्ञवाली र जगन्नाथ प्रसाद लम्साल पुरस्कृत तथा सम्मानित बनेका हुन् । यस्तै शिक्षिका सुशीला देवी गुरुङ भने गौरी प्रजापति स्मृति अक्षयकोषबाट पुरस्कृत भएकी हुन् । प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कारबाट उनीहरू पुरस्कृत तथा सम्मानित भएको माधुरी साहित्य प्रतिष्ठान नेपालकी अध्यक्ष सरस्वती शर्मा जिज्ञासुले बताइन् । पुरस्कृत सबैलाई दश÷दश हजार दोसल्ला र सम्मान–पत्र प्रदान गरिएको छ ।
माधुरी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञासुको ५० औँ जन्मोत्सवको अवसरमा ५ लाखको अक्षयकोष स्थापना गरी त्यसै वाट प्राप्त व्याज रकमले प्रत्येक दुई दुई वर्षमा सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार दिने गरिएको छ । यस्तै यसै वर्ष देखि शिक्षाविद् तथा सामाजिक व्यक्तित्व धनञ्जय शर्मा अधिकारीले आफ्नो माता पिताको नाममा स्थापना गरेको गौरी प्रजापति पुरस्कारबाट शिक्षिका गुरुङलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि धौलागिरि साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार काजी रोशन र विशिष्ट अतिथिमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अर्जुन प्रसाद जोशी रहेका थिए । कार्यक्रममा सम्मानितहरूको तर्फ देखि शिक्षिका सुशीला देवी गुरुङ, नारायण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पृथ्वी नारायण शर्मा, प्रतिष्ठानकी अध्यक्ष जिज्ञासुकी छोरी डाक्टर सविना पौडेलले शुभकामना राखेका थिए ।
माधुरी साहित्य प्रतिष्ठान नेपालकी अध्यक्ष जिज्ञासुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्र बहादुर केसीले कविता वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष सुभन्तनाथ सुबेदीले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive