मङ्ल, मंसिर २३, २०८२
Tue, December 9, 2025

जलजलामा यसरी सुरु भयो लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान 

मंसिर १०, २०८२
पर्वत : लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा जिल्लाको जलजला गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ’ भन्ने नारा सहित सुरु भएको अभियान अन्तर्गतको कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष आचार्यले  अभियान महिलाहरू र बालिकाहरूको अधिकारको रक्षा गर्न, लैङ्गिक हिंसा विरुद्ध जागरूकता फैलाउन र यस समस्याका विभिन्न विषयहरूमा ध्यान केन्द्रित गर्नको लागि विशेष रूपमा आयोजना गर्ने गरिएको बताए । अभियानको उद्देश्य भनेको संसारभरिका सबै सरकार, नागरिक समाज, र व्यक्तिगत व्यक्तिहरूलाई लैङ्गिक हिंसाका विरुद्ध एकजुट गर्न र यसको अन्त्यमा सघाउनु रहेको उनको भनाइ छ ।
‘लैङ्गिक हिंसा एक गम्भीर सामाजिक र मानवीय समस्याका रूपमा अहिले पनि विश्वभर विद्यमान छ । यस्ता हिंसात्मक कृत्यहरू विभिन्न रूपहरूमा देखिन्छन्’, उनले भने, ‘मानसिक, शारीरिक, र यौन हिंसा, हिंसा गर्नेका लागि अक्सर पारिवारिक संरचना, सांस्कृतिक र सामाजिक मान्यताहरू जिम्मेवार हुन्छन् । १६ दिने अभियानको माध्यमबाट महिलाहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्नका लागि जनचेतना फैलाइन्छ । यसले समाजलाई लैङ्गिक हिंसाबारे सोच्न र यसका नकारात्मक प्रभावहरूको बारेमा बुझ्न प्रेरित गर्छ ।’ अभियानको अर्को महत्त्वपूर्ण उद्देश्य भनेको समाजमा लैङ्गिक समानता प्रोत्साहित गर्नु रहेको आचार्यको भनाइ छ ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बिन्दु आचार्यबाट गरिएको थियो ।  कार्यपालिका सदस्य बबी केसी सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य भीमसेन बराइली, विमला बरुवाल, प्रशासन प्रमुख हरिकृष्ण आचार्य, वडा नं. ३ का कार्यवाहक अध्यक्ष ठाकुर रेग्मी, लैसस सदस्य लक्ष्मी हमाल, प्रहरी चौकी मिलनचोक र पर्वत बेनीका प्रमुख तथा प्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी तथा विभिन्न टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी जमुना आचार्यले गरेकी थिइन् । उनले लैङ्गिक हिंसाका प्रकार, जोखिम, रोकथामका तरिका र महिला सशक्तीकरणका प्रभावकारी उपायहरूबारे विस्तृत अभिमुखीकरण गरिन् ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, महिला समूह, टोल विकास संस्थाका पदाधिकारी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको  थियो । अभियानका सन्दर्भमा १६ दिन सम्म विभिन्न कार्यक्रम मनाइने जलजला गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख बिन्दु आचार्यले बताइन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive