शनि, माघ १०, २०८२
Sat, January 24, 2026

पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा

मंसिर २५, २०८२

पर्वत : धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो संस्थाबाट स्थापित तथा संचालित विभिन्न साहित्यिक पुरस्कारहरूको घोषणा गरेको छ ।
पर्वत साहित्य संगमका अध्यक्ष खेमराज शर्मा चापागाईंको अध्यक्षतामा बसेको बैठकले पुरस्कार छनौट समितिले गरेको प्रस्तावलाई अनुमोदन गरेको हो । साहित्य संगमले धौलागिरी क्षेत्रका साहित्यिक व्यक्तित्वहरुलाई हरेक दुई वर्षमा प्रदान गर्दै आएका विभिन्न ९ वटा पुरस्कारको समर्पणका लागि साहित्यकार तथा पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पको संयोजकत्वमा साहित्यकार इन्द्रमान खत्री र डी आर शर्मा सदस्य रहेको कृति, विधा तथा योगदान मूल्यांकन तथा छनौट समिति गठन गरेको थियो ।
पर्वत साहित्य संगमबाट वर्ष २०८२ का लागि साहित्य सर्जक राजेन्द्र पहाडीलाई पर्वत साहित्य संगम पुरस्कार, मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतलाई नमुना शिक्षा तथा साहित्य पुरस्कार, अजय मिलन श्रेष्ठ म्याग्दीलाई डिल्ली–राधा साहित्य पुरस्कार, गोविन्दप्रसाद भुषाल पर्वतलाई मान–पदम स्मृति साहित्य पुरस्कार, सरस्वती शर्मा जिज्ञासुलाई संस्कृति साहित्य पुरस्कार, लक्ष्मीप्रसाद शर्मा पर्वतलाई गोपि–नन्द स्मृति साहित्य पुरस्कार, जगन्नाथप्रसाद शर्मा लम्साल पर्वतलाई कृष्णा–उद्योग साहित्य पुरस्कार, मछिन्द्रप्रसाद शाक्य बाग्लुङलाई अरनिको श्रीभद्र दिलकुमारी ललितकला पुरस्कार तथा सुशिलबाबु थकाली अनुरागी मुस्ताङ्गलाई बलबहादुर–केशकुमारी साहित्य पुरस्कारले सम्मानित गर्ने भएको छ ।
घोषणा गरिएका पुरस्कारहरु आगामी २०८२ मङ्सिर २७ गते शनिबारका दिन एक साहित्यिक समारोह आयोजना गरी कुश्मामा सम्बन्धित साहित्यिक स्रष्टाहरुलाई समर्पण गर्ने तयारी गरिएको पर्वत साहित्य संगमका अध्यक्ष खेमराज शर्मा चापागाईले जानकारी दिनुभयो ।
पर्वत साहित्य संगमले विसं. २०७२ देखि साहित्यिक विधामा विभिन्न पुरस्कारहरु स्थापना तथा व्यवस्थापन गरी यस क्षेत्रका साहित्यिक स्रष्टा सर्जकहरुलाई उहाँहरुले पुर्याउनुभएको वाङ्मयिक योगदानको उच्च मूल्यांकन गर्दै समर्पण गर्दै आइरहेको छ ।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive