शनि, माघ १०, २०८२
Sat, January 24, 2026

प्रदेश अस्पताल पर्वतको अध्यक्ष याम परियार (शिव)

मंसिर २६, २०८२

पर्वत : केही समयदेखि अध्यक्षविहीन अवस्थामा रहेको प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समितिको अध्यक्षमा समाजसेवी तथा युवा याम परियार शिव नियुक्त भएका छन् ।
केही महिना अगाडिसम्म अध्यक्षमा शंकर गिरी रहेकोमा उनको कार्यकाल सकिएपछि अस्पताल करिब अध्यक्षविहीन भएको थियो । गण्डकी प्रदेश सरकारको कार्यविधिमा अस्पतालको अध्यक्षमा स्वतः जिल्ला समन्वय समितिको संयोजक रहने व्यवस्था थियो । सोही अनुसार बिष्णुराम बि.क. अध्यक्ष बनेका थिए ।
लगत्तै प्रदेश सरकारले कार्यविधिमा संशोधन गरेर बाहिरको कोही व्यक्ति नै अध्यक्ष हुने नियम राखेको थियो । सोही अनुसार परियारलाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषद स्तरीय निर्णयबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । समन्वय समितिको संयोजक अस्पताल व्यवस्थापन समितिको समेत अध्यक्ष बन्दा दोहोरो जिम्मेवारी हुन जाने र कामको प्रभावकारिता राम्रो हुन नसक्ने गुनासो आएपछि प्रदेश सरकारले कार्यविधिमा परिमार्जन गरेको हो । मन्त्री परिषद्बाट निर्णय भएपछि अब अस्पतालको अध्यक्षमा पदस्थापन भएपछि परियारले कार्यभार सम्हाल्नेछन् ।
अध्यक्ष परियारले पुराना राम्रा कामहरुलाई निरन्तरता दिँदै अस्पतालको सेवा विस्तार र प्रभावकारी काममा थप लाग्ने बताएका छन् । प्रदेश अस्पताल पर्वतले पछिल्ला केही वर्षयता गरेका धेरै राम्रा कामहरुका कारण जिल्लाबासीको मन जितिरहेको अवस्थामा अझै राम्रो गरेर बिरामीहरुलाई राम्रो उपचारको खोजीमा बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने परियारले बताए ।
१५ शय्याको अस्पतालबाट स्तरोन्नती भएको अस्पतालमा साही अनुसार चिकित्सकहरुको दरबन्दी प्राप्त हुन सकेको छैन् । अस्पतालमा रहेका भेन्टीलेटहरु प्रयोगबिहीन रहेको अवस्थामा तिनीहरुलाई सञ्चालनमा ल्याउनु नयाँ अध्यक्ष बनेका परियारसँग चुनौती रहेको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive