शनि, माघ १०, २०८२
Sat, January 24, 2026

शान्ति आधारभूतका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

मंसिर २७, २०८२

पर्वत : पर्वतको जलजला गाउँपालिका–६ मा रहेको शान्ति आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
कुश्मा नगरपालिका–१ पाङमा बस्दै आएका नेत्रलाल रिजालको पहलमा युकेएसजेएमबीपी नामक संस्थामार्फत विद्यालयमा अध्ययनरत ६० जना बालबालिकाहरुका लागि शैक्षिक सामग्रीहरु वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यदत्त सुवेदीले बताए । विद्यालयका भूतपूर्व प्रधानाध्यापक इन्द्रप्रसाद सुवेदीको धर्मपत्नी स्वर्गीय खगेश्वरी सुवेदीको स्मृति दिवसको अवसर पारेर ती शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । ६० जना विद्यार्थीका लागि एक सय ८० थान कमी, ६० थान कलम र तीन जना विद्यार्थीहरुलाई विशेष जेहेन्दार पुरस्कार दिइएको छ । यो पुरस्कार पाउनेहरु बेबीना फकामी, दिपिका सार्की प्रशंसा सुवेदी रहेका छन् ।
उनीहरुलाई खगेश्वरी सुवेदी स्मृति अक्षयकोषबाट विशेष स्टेशनरी सहित सहयोग गरिएको हो । कार्यक्रमको सफलताको लागि सहयोग गरेका विद्यालयका प्रधानाध्यापक सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सुवेदी लगायतप्रति सहयोगी संस्थाले आभार व्यक्त गरेको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive