शनि, माघ १०, २०८२
Sat, January 24, 2026

डाँसीको निधनमा नेपाली काँग्रेसद्धारा शोक व्यक्त

मंसिर २७, २०८२

पर्वत : पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीकी डाँसी तिवारीको निधनमा नेपाली काँग्रेस पर्वतले शोक व्यक्त गरेको छ । गत मङ्सिर १८ गते ८९ वर्षको उमेरमा तिवारीको निधन भएको थियो ।

उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामनाका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका पूर्व सभापति खिमप्रसाद भुसाल, नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ, नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणि शर्मा र शिव प्रसाद सुवेदी, नेपाली काँग्रेस पर्वतका कार्यसमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि शिव शर्मा अधिकारी, नेपाली काँग्रेस प्रदेश सभा ‘क’ का सभापति राज कुमार क्षेत्री, जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सृजना मल्ल, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी, नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सभापति किशोर भण्डारी, कुश्मा नगरपालिका–१४ आर्थरका वडाध्यक्ष रुद्रमोहन रिमाल, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका वडाध्यक्ष झलक प्रसाद रिमाल, नेपाल प्रजातन्त्र सेनानी संघ पर्वतका उपसभापति कमल प्रसाद लामिछाने, नेपाली काँग्रेस कटुवाचौपारीका पूर्व सभापति दण्डपाणी शर्मा, कटुवाचौपारीका वडाध्यक्ष राम शर्मा लामिछाने, वडा सदस्य कमल शर्मा पौडेल, समाजसेवी राजेन्द्र प्रसाद लामिछाने (रामकृष्ण) नेपाली काँग्रेस कटुवाचौपारीका कार्यवाहक सभापति खडानन्द पौडेल, नेपा शिक्षक संघ कुश्मा नगरपालिकाका अध्यक्ष मिम शर्मा लामिछाने, समाजसेवी राजेन्द्रनिधि पौडेल, वडा सदस्य बासुदेव तिवारी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर गोविन्द अधिकारी, लेखा प्रमुख अस्मिता गौतम, बजार व्यवस्थापक गंगा शर्मा लगायत स्वर्गीय डाँसीको घरमा पुग्नुभएको थियो ।

पार्टीको तर्फबाट शोक व्यक्त गर्दै केन्द्रिय सदस्य जोशीले उहाँको निधनले एक असल अभिभावक पार्टीले गुमाएको भन्दै दुःख व्यक्त गर्नुभयो । परिवार, समाज र पार्टीमा ल्याउनुपर्ने परिवर्तनमा अथक योगदान गर्नुभएकी डाँसी तिवारीको निधनले सिंगो पार्टी नै शोकमा रहेको उहाँको भनाई छ ।

स्वर्गीय डाँसी नेपाली काँग्रेस कुश्मा नगरपालिका–९ कटसवाचौपारीका पूर्व सभापति बिष्णु शर्मा तिवारी, वर्तमान वडा सदस्य वासुदेव तिवारी, व्यवसायी सुरेश तिवारी तथा सावित्री अधिकारी, देवयानी सापकोटा, सरस्वती लामिछाने, लक्ष्मी अधिकारी, शान्ति तिवारी, देवी पौडेल, र पार्वती पाण्डेकी आमा हुनुहुन्छ । स्वर्गीय डाँसीका इन्द्रकली तिवारी, रुक्मिणी तिवारी, बिष्णु तिवारी बुहारीहरु हुनुहुन्छ भने दिनेश तिवारी, रामप्रसाद तिवारी, रमेश शर्मा तिवारी, हरिकृष्ण तिवारी, संजिब तिवारी, शंकर तिवारी, सुशिल तिवारी, गोविन्द अधिकारी, उज्वल अधिकारी, सुवास लामिछानेकी हजुरआमा हुनुहुन्छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive