सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

महामन्त्रीद्धयको पक्षमा पर्वत काँग्रेस, भृकुटीमण्डपमा पर्वतको टोली

पुस २७, २०८२

पर्वत : नेपाली कांग्रेस पर्वत पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको कित्तामा उभिएको छ । जिल्ला सभापति युवराज जोशी लगायत विभिन्न पालिकाका सभापतिहरूले एक विज्ञप्ति जारी गर्दै पुस २७ बाट हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै गगन–विश्वको कित्तामा उभिँदै विशेष महाधिवेशनका लागि काठमाडौं पुगेका छन् ।
अहिले कार्यकर्ता र जनताहरूले रुपान्तरित र परिवर्तनशील कांग्रेस चाहेको उल्लेख गर्दै पुस २७ र २८ गते हुने विशेष महाधिवेशनलाई ऐतिहासिक र अर्थपूर्ण बनाउने दायित्व सबैको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । महाधिवेशनलाई सफल बनाउने दायित्व र जिम्मेवारी सबैको भएकाले पर्वत जिल्लाका सबै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौंमा उपस्थित हुन पनि आग्रह गरिएको छ । विज्ञप्तिमा प्रदेशसभा (क) का सभापति राजकुमार क्षेत्री (ख) का सभापति परविन गुरुङले पनि हस्ताक्षर गरेका छन् ।
यस्तै कुश्माका किशोर भण्डारी, जलजलाका इन्दुप्रकाश शर्मा, मोदीका निर्दोष लामिछाने, विहादीका विष्णुप्रसाद भुसाल, पैयूँका डम्मरकुमार प्रदान र महाशिलाका सभापति कृष्णबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ । महाधिवेशनका लगि आइतबार बिहान ८ बजेदेखि नाम दर्ता सुरु हुँदै छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार साथमा लिएर आउन पनि आचार्यले आग्रह गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive