मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

सहिद हरिदत्त तिवारीको सम्झनामा माघ १ मा शंकरपोखरीमा स्वास्थ्य शिविर

पुस २७, २०८२

पर्वत : शहीद हरिदत्त प्रतिष्ठानको आयोजनामा आगामी माघ १ गते आयोजना हुन लागेको स्वास्थ्य शिविर तयारीका लागि केही समितिहरु निर्माण गरिएका छन् । शहीद हरिदत्त निवारीको २३ औँ स्मृति दिवसको अवसर पारेर आयोजना हुन लागेको शिविरको विषयमा शहीद तिवारीको निवासमा आयोजना भएको पत्रकार सम्मेलनमा शिविरको विषयमा भएका तयारीहरु सार्वजनिक गर्दै शिविरलाई सफल बनाउने विषयमा आयोजकका तर्फबाट छलफल समेत गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक, सहीद पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बुबाको स्मरणमा हरेक वर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेकोमा यस वर्ष विशेषज्ञ चिकित्सहरु बोलाएर स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । सो अवसरमा बोल्दै उहाँले स्वर्गीय बुबाको स्मरणमा मोदीबेणी धाम लगायतका घाटहरुमा मलामी तथा धर्मावलम्बीहरुका लागि करिब १० लाख रुपैयाँको लागतमा प्रतिक्षालय निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष तथा फलेवास नगरपालिका–३ शंकरपोखरीका वडाध्यक्ष अर्जुन बहादुर के.सीले शविरको तयारीका बारेमा जानकारी गराउनुभयो । शनिबारको छलफलबाट तयार पारिएको समितिहरुका बारेमा जानकारी गराउँदै उहाँले शहीद तिवारीको स्मृतिमा आयोजना भएको स्वास्थ्य शिविरले ग्रामिण क्षेत्रका धेरै बिरामीहरु लाभान्वित हुने बताउनुभयो ।
यस्तै शहीद पुत्र गिरिजाप्रसाद तिवारीले काठमाडौंदखि कुश्मासम्मका विशेषज्ञ चिकित्सकहरुले सेवा प्रवाह गर्ने उल्लेख गर्नुभयो । शिविरमा करिब ४० जना भन्दा बढी चिकित्सहरु आउने बताउँदै उहाँले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका बिरामीहरुलाई प्रतिष्ठानले नै यातायातको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी गराउँदै शिविरमा आउने चिकित्सकहरुको बारेमा जानकारी गराउनुभयो ।
शनिबार शहीद तिवारीको श्राद्धको तिथिको परेको दिनको अवसरमा कार्यक्रमका वक्ताहरुले उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेका छन् । शनिवार नै शहीदपुत्र गंगाधर तिवारी ६४ वर्ष पूरा गरी ६५ वर्ष उमेरमा प्रवेश गर्नुभएको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive