मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

प्रदेश अस्पताल कुश्मामा मानसिक तथा नशा रोग स्वास्थ्य शिविर सम्पन्न

पुस २७, २०८२

पर्वत : प्रदेश अस्पताल पर्वतमा शनिवारका दिन मानसिक तथा नशा रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गण्डकी मेडिकल कलेज, पोखराका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ सह–प्राध्यापक डा. अच्युत शर्माको उपस्थितिमा उक्त शिविर आयोजना गरिएको हो । शिविर पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । उद्घाटन समारोहमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार ‘शिव’ को अध्यक्षता रहेको थियो भने शसस्त्र प्रहरी बल, चण्डिका गण, पर्वतका प्रमुख एसपी करण सिंह धामी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विजय यादव लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश अस्पताल, कुश्मा, पर्वतका मेडिकल सुपरिटेण्डेन्ट डा. ढुण्डिराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले मानिस शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि स्वस्थ हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । मानसिक रूपमा स्वस्थ नागरिकबाट घर, टोल, समाज हुँदै जिल्लाकै शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ थियो ।
एक दिने निःशुल्क स्वास्थ्य शिविरमार्फत मानसिक तथा नशा रोगसम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा करिब ५० जनाले सेवा लिएका थिए । स्थानीयस्तरमै विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा सेवाग्राहीहरूले सन्तोष व्यक्त गरेका छन् ।
प्रदेश अस्पताल, कुश्माले आगामी दिनमा पनि यस्ता जनस्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive