शुक्र, साउन ८, २०८३
Fri, July 24, 2026

मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै

साउन ८, २०८३

पर्वत : मालढुंगा–बेनी सडक खण्डमा झरेको पहिरो मोटरसाइकलमाथि पर्दा पर्वतमा एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार शुक्रवार दिउसो करिब साढे ३ बजेको समयमा जलजला गाउँपालिका–४ लामाखेतका झन्डै ४१ वर्षीय लाल बहादुर सुवेदी घाइते भएका हुन् । मालढुंगा–बेनी सडक खण्ड अन्तर्गत जलजला गाउँपालिका–७ फर्सेमा मालढुंगाबाट बेनी जाँदै गरेको लु ४१ प २१५७ नम्बरको मोटरसाइकल पहिरोमा परेको थियो ।
सडकबाट करिब ८० मिटर माथि रहेको खेत भत्किएर पहिरो आउँदा सडकमा रहेको मोटरसाइकल त्यसै पहिरोमा परेको हो । घटना लगत्तै सुवेदीलाई उद्धार गरी उपचारको लागि प्रदेश अस्पताल म्याग्दीमा लगिएको छ । शरीरमा भित्री चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
उद्धारको लागि प्रहरी चौकी मिलन चोकबाट प्रहरी खटिएकोमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी नायव उपरीक्षक विजय यादव सहितको टोली पनि पहिरो स्थलमा पुगेको छ । पहिरोका कारण मालढुंगा–बेनी सडक खण्ड समेत अवरुद्ध भएकोमा केही बेर अगाडिबाट सडक एकतर्फी रूपमा सञ्चालन भएको प्रहरीले बताएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive