शनि, साउन ९, २०८३
Sat, July 25, 2026

दोस्रो पर्वत जेसीज कपको तयारी : बड्गाउँ खेल मैदानमा दुईदिने सरसफाइ अभियान

साउन ९, २०८३

पर्वत : दोस्रो पर्वत जेसीज कपको तयारीलाई तीव्रता दिँदै बड्गाउँ खेल मैदानमा दुईदिने वृहत् सरसफाइ कार्यक्रम सुरु भएको छ ।
पर्वत जेसीजको आयोजनामा हुन लागेको दोस्रो खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको तयारी स्वरुप सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । पर्वत जेसीजले श्रावण ९ र १० गते बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म खेल मैदान सरसफाइ अभियान आयोजना गरेको हो । पर्वत जेसीजले प्रतियोगिताको आयोजनाका लागि आफ्ना सम्पूर्ण सदस्यलाई अनिवार्य रूपमा कार्यक्रममा सहभागी भई अभियानलाई सफल र गरिमामय बनाउन आग्रह गरेको छ । साथै, विभिन्न क्लब, खेलकुदप्रेमी युवा तथा जिल्लावासीलाई समेत सरसफाइ अभियानमा श्रमदान गर्न आह्वान गरिएको छ ।
बड्गाउँ खेल मैदान जिल्लाको साझा सम्पत्ति भएकाले यसको संरक्षण, सरसफाइ र विकास गर्नु सबैको साझा दायित्व हुने जेसीजले बताएको छ । खेल मैदानलाई व्यवस्थित र आकर्षक बनाउँदै खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन सरसफाइ अभियानले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
आयोजकले खेलकुदको विकाससँगै पर्वत जिल्लाको पहिचानलाई अझ उचाइमा पु¥याउन तथा खेलकुदमैत्री पर्वत निर्माणका लागि सबै पक्षको साथ, सहयोग र श्रमदान आवश्यक रहेको जनाएको छ ।
गत वर्षबाट सुरु भएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि पर्वत जेसीजले प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष शर्मिला शर्माले बताइन् । साउनको २८ देखि ३१ गतेसम्म पर्वत सदरमुकाम कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिताको आयोजना हुने छ ।
प्रतियोगितामा विजेता बन्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । व्यक्तिगततर्फ ‘बेस्ट प्लेयर’, ‘बेस्ट डिफेन्डर’, ‘हाइ स्कोरर’, ‘राइजिङ प्लेयर’, ‘बेस्ट मिड फिल्डर’, ‘बेस्ट गोल किपर’ तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीहरूले पनि पुरस्कार प्राप्त गर्ने छन् ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको जेसीजले सन २०२६ मा पनि अभिप्रेरित युवा र समुदायको रूपान्तरणको लागि ‘वन टिम ः वन भिजन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना भएको हो । खेलकुदको क्षेत्रमा योगदान दिन तथा पर्वत र यस क्षेत्रको खेल क्षेत्र र त्यसमा पनि विशेष गरी फुटबलको विकासमा सम्भावनाको खोजी गर्नका लागि प्रतियोगिता गर्न लागिएको अध्यक्ष शर्माले बताइन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive