मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026

एसएसबीले तुइन काट्दा महाकाली नदीमा नेपाली युवा बेपत्ता

साउन १५, २०७८

दार्चुला : व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी शुक्रबार बेपत्ता भएका हुन्।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए। ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्। पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौं,’ धामीले भने, ‘पाँच छ जना तुइनबाट भारत तरेका थिए। जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन्।’

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन्। नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive