शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

आज पर्वतका यी ठाउँमा दिनभर बिद्युत सेवा अबरुद्ध हुने

साउन १५, २०७८

पर्वत : आज शनिवार दिनभर कुश्मा नगरपालिकाका विभिन्न ठाउँहरुमा विद्युत सेवा अबरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिकाको बान्द्रेबिणी खण्डमा सडक छेउमा रहेका पोलहरु स्थानान्तरण गर्नुपर्ने भएका कारण बिद्युत सेवा अबरुद्ध हुने भएको हो ।
लोकमार्गको विस्तार तथा बाटोको काम गर्नका लागि बान्द्रेविणीमा रहेको ११ के.भी. लाईनमा रहेका बिद्युतीय पोलहरुलाई स्थानान्तरण गर्नुपर्ने भएका कारण कुश्मा बजार सहित खरेहा, चुवा, दोविल्ला, पकुवा, ठूलीपोखरी, खौला लगायतका ठाउँमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बिद्युत नहुने भएको हो । स्थानान्तरणको काम छिटो सकिएमा भने अबरुद्ध भएको बिद्युतलाई छिटो नै सञ्चालनमा ल्याइने पनि केन्द्रले जानकारी दिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive