मङ्लबार, माघ २२, २०८१
Tuesday, February 4, 2025

जलजलाका विद्यालयमा तीन दिने इमिस तालिम सुरु

संजय रेग्मी
साउन १६, २०७८
पर्वत : पर्वतको जलजला गाउँपालिकाका विद्यालहरुको लागि तीन दिने ईमिश तालिम सुरु भएको छ ।
एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) अपडेट गरेर विद्यालयका तथ्याङ्कलाई अद्यावधिक गरेर शैक्षिक सूचना प्रणालीलाई अनलाईनमा राख्नका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले बताए ।
उनका अनुसार जलजला–७ धाईरिङमा रहेको फर्से धाईरिङ माध्यमिक विद्यालय, वडा नं. ३ माझफाँटमा रहेको विद्याज्योती माध्यमिक विद्यालय, वडा नं. ५ लेखफाँटमा रहेको ग्रामप्रकाश माध्यमिक विद्यालय र वडा नं. ८ नाग्लीवाङमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको हो ।
चार ठाउँमा केन्द्र राखेर सञ्चालन गरिएका तालिमहरुमा सामुदायिक र संस्थागत विद्यालयका ५० जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिममा ईमिशमा तथ्याङ्क अद्यावधिक गराउने तरीका, सफ्टवेयरमा राखिएका नयाँ विशेषताहरु सहित बैकल्पिक सिकाई सहजीकरण अन्तर्गत अनलाईनका माध्यमबाट कक्षा सञ्चालन गर्दा त्यसलाई प्रभावकारी बनाउने विभिन्न विषयमा छलफल हुने गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रसाकीय अधिकृत क्षेत्रीले अब पनि अनलाईनमा सूचना अनलाईनमा अद्यावधिक गर्ने विद्यालयहरुलाई स्थानीय तह र संघीय सरकारले पनि सुबिधाहरु दिन नसक्ने बताउँदै यस वर्षबाट ईमिश अद्यावधिकको कामलाई अनिवार्य र प्रभावकारी रुपमा सञ्चालन गरिने बताए । देशको मेरुदण्ड शिक्षा क्षेत्र भएकाले शिक्षा क्षेत्रमा सुधार नआएसम्म प्रगति नहुने भएकाले गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive