बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

प्रबिधि विस्तार गर्न जननेत्रमा पूर्व विद्यार्थी मञ्चद्धारा सहयोग अभियान

संजय रेग्मी
साउन २१, २०७७
पर्वत : पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा रहेको जननेत्र माध्यमिक विद्यालयमा सूचना तथ प्रबिधिलाई थप शसक्त बनाउन आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ ।
विद्यालयका शिक्षक भूमिराज शर्माका अनुसार जननेत्र भूपू विद्यार्थी मञ्च मार्फत विद्यालयको शैक्षिक उन्ननयनका लागि सूचना तथा सञ्चार प्रबिधिको व्यवस्थापनलाई थप बलियो बनाउने गरी अभियान थालिएको हो । समयको माग अनुसार बिद्यालयहरु पनि प्रबिधिमा दक्ष हुनुपर्ने बेला आएकै अवस्थामा कोरोना कहरका कारण पनि प्रबिधि बलियो बनाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
सहयोग अभियानमा संलग्न देवेन्द्र गिरीका अनुसार केही सहयोगदाताहरुबाट खातामा रकम जम्मा भइसकेको छ भने अन्य धेरैले सहयोगको आश्वासन दिएका छन् । अहिलेसम्म अष्ट्रेलिया रहेका थमराज शर्माबाट ६१ हजार ६ सय २७, अमेरिकामा रहेका डा. शेर बहादुर क्षेत्री र सरस्वती खड्का क्षेत्रीबाट ६० हजार ९५, कोरियामा रहेका ऋषिराम शर्माबाट २३ हजार ४५, सुरेन्द्र केसीबाट १० हजार ३ सय ९, गोविन्द जैसीबाट ५ हजार ६ सय ७०, अमृत चापागाईबाट ५ हजार २ सय ५७, रामु कार्कीबाट ५ शजार २ सय ५७, माधब पौडेलबाट ५ हजार १ सय ५४, कृष्ण तिमिल्सिनाबाट ५ हजार १ सय ५४, माधब चापागाईबाट ५ हजार १ सय ५४, गोविन्द तिमिल्सिनाबाट १५ हजार ७ सय ४०, विक्रम तिमिल्सिनाबाट ११ हजार ५ सय ४०, प्रकाश चापागाईबाट ११ हजारु ५ सय ४० र सुजन पोख्रेलबाट ५ हजार ७ सय ८० रुपैयाँ गरी कुल दुई लाख एकतीस हजार तीन सय बाइस रुपैयाँ सहयोग उठेको छ ।
जननेत्र भूपू विद्यार्थी मञ्चले बिद्यालयमा गरिएको सहयोगबाट धेरै विद्यार्थीले उज्यालो भविष्य पाउने भएकाले त्यो सहयोग सबैभन्दा महत्वपूर्ण र धार्मिक हुने बताउँदै पूर्व बिद्यार्थी बाहेक अन्य इच्छुक दाताहरुले पनि यसमा सहयोग गर्न आग्रह गरेको छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive