बुध, माघ २८, २०८२
Wed, February 11, 2026

सहयोगी हात र पर्वत अस्पतालद्धारा यात्रीलाई दिन प्रहरीलाई मास्क हस्तान्तरण

साउन २१, २०७८

पर्वत : सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको नेपाली सहयोगी हात र पर्वत अस्पतालले सामुदायिक सेवा केन्द्र शिवालयचोक र जिल्ला ट्राफिक प्रहरीलाई संयुक्त रुपमा मास्क हस्तान्तरण गरेका छन् ।
कोरोना कहरको तेस्रो लहर नजिकिँदै गएको तथा सवारीमा यात्रा गरिरहेका र सडकमा हिँडिरहेकाहरुले पनि मास्क नलगाउने गरेको पाइएको कारण उनीहरुलाई सचेतना स्वरुप मास्क हस्तान्तरण गरिएको नेपाली सहयोगी हातका अध्यक्ष निखिलेस पुरीले बताए । ‘संक्रमणको तेस्रो लहर नजिकै आएको संक्रमित तथा मृत्यू हुनेहरुको संख्या दैनिक रुपमा उकालो लागिरहेको छ। अबको परिवेश फेरि जोखिमतर्फ उन्मुख छ उनले भने, ‘प्रहरीलाई मास्क दिएपछि चेकिङका क्रममा मास्क नलगाएकाहरु भेटीएमा प्रहरीले नै उहाँहरुलाई मास्क दिन्छ, अब लगाउन भुल्न नहुने भन्दै सय रुपैयाँ तिराएपछि निशुल्क एउटा मास्क दिन्छ।’
सदरमुकाम कुश्मा बजारको शिवालयचोकमा प्रहरीको मास्क चेकीङ अभियान चलिरहेको बेलामा अस्पताल र सहयोगी हातको तर्फबाट मास्क हस्तान्तरण गरिएको हो । करिब तीन सय थान मास्क सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक पूर्णिमा थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम थापालाई सहयोगी हातका अध्यक्ष तथा पदाधिकारी र पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
मास्क हस्तान्तरण गरेपछि अस्पतालका अध्यक्ष पहाडीले कारवाही गरिएको व्यक्तिले मास्क नपाउँदा नागरिकको तर्फबाट मास्क नलगाएको जरिवाना तिर्दैमा कोरोनाबाट सुरक्षित हुने हो ? भनी प्रश्न आएको सुनेकाले प्रहरीलाई सघाउनको लागि अस्पतालको तर्फबाट पनि मास्क उपलब्ध गराइएको बताए ।
‘प्रहरी र प्रशासनले बजारका विभिन्न स्थानमा मास्क चेकिङको काम प्रभावकारी रुपमा गर्दै आइरहेका छन् । मास्क नलगाएको भेटीएमा सजाय स्वरुप प्रतिव्यक्ति एक सय रुपैयाँ तिराइन्छ, तर उनीहरुलाई मास्क दिनेमा त्यती धेरै ध्यान नगएको पाइएको गुनासो सुन्नमा आयो’ अध्यक्ष पहाडीले भने, ‘मास्क नलगाएकाहरुलाई सचेत गराउन सय रुपैयाँ तिराएपछि एउटा मास्क पनि दिन सकियो भने त्यसको म्यासेज राम्रो हुन्छ ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive