बिहिबार, माघ २४, २०८१
Thursday, February 6, 2025

फलेवास नगर अस्पतालमा एमबीबीएस चिकित्सक रहने

साउन २२, २०७७
पर्वत : जिल्लाको पलेवास नगरपालिमा रहेको नगर अस्पतालमा एमबीबीएस डक्टरबाट स्वास्थ्य परीक्षण हुने भएको छ।
नगरपालिकाका मेयर पदमपाणी शर्माका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागबाट डा. ध्रुव कुमार क्षेत्रीलाई अस्थायी करारको मेडिकल अधिकृतको रुपमा नियुक्त गरिएको हो । नेपाल सरकारको छात्रावृत्तिमा चिकित्साशास्त्र विषय अध्ययन पूरा गर्ने चिकित्सकहरुले सरकारी सेवा गर्नुपर्ने अनिवार्य सेवा अवधिका विषयमा सर्वोच्च अदालतमा विचाराधिन मुद्धाको अन्तिम फैसला हुँदा सोही बमोजिम हुनेगरी हाललाई नेपाल सरकारको मन्त्रीस्तरको पूर्व निर्णय र विभागको हालैको निर्णय अनुसार डा. क्षेत्रीले नगर अस्पतालमा सेव ागर्ने भएका हुन् ।
चिकित्सक परिचालन निर्देशशिका, २०७१ को दफा ७ (१) बमोजिम अस्थायी चिकित्सक एमबीबीएस मेडिकल अधिकृत रहने र सोही अनुसारको सुबिधा पाउने भनिएको छ ।
नगर अस्पतालबाट एमबीबीएस डक्टरबाट सेवा प्रदान हुने भएपछि स्थानीय स्वास्थ्य संस्थाबाट पाउने सेवा बाहेकका उपचारका लागि सदरमुकाम र अन्य ठाउँमा जाँदै आएका नगरबासीहरुलाई सहज हुने भएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive