शुक्र, चैत्र ६, २०८२
Fri, March 20, 2026

टोङ्गामा ज्वालामुखीपछि बन्द इन्टरनेट पूर्णरुपमा सञ्चालन गर्न अझै केही हप्ता लाग्ने

माघ ८, २०७८

टोङ्गामा अघिल्लो हप्ता भएको शक्तिशाली ज्वालामुखी विस्फोटनपछि इन्टरनेट बन्द भएको छ ।

सुनामीका कारण समुद्रमुनि रहेको तार बिग्रिएपछि सञ्चार सञ्जाल प्रभावित बनेको छ । यसलाई पूर्णरूपमा सञ्चालन गर्न केही हप्ता लाग्ने बीबीसीले जनाएको छ ।

केही टापुमा सञ्चार र विद्युत् सेवा पुनः सुरु भएको छ तर समुद्रमुनिको तारमा पुगेको क्षतिका कारण इन्टरनेट सेवा फेरि सञ्चालनमा आउन लामो समय लाग्ने देखिएको हो । टोङ्गाको अझै बाह्य विश्वसँग राम्ररी सम्पर्क हुन सकेको छैन । त्यहाँ पुगेको क्षतिबारे पनि पूर्ण रुपमा तथ्याङ्क आउन सकेको छैन ।

विस्फोटनपछि टोङ्गाको मुख्य टापु खरानीले ढाकिएको थियो र पश्चिमी तटीय क्षेत्र नराम्ररी प्रभावित भएको थियो । टोङ्गाको मुख्य विमानस्थलको धावनमार्ग ढाकेको खरानी सफा गर्ने काम गएको बुधवार नै सकिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive