बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

कुर्घाको शारदा माबिमा नेपाल विद्यार्थी संघको संगठन बिस्तार

चैत्र १९, २०७८

रामशरण पोख्रेल

१९ चैत/ पर्वत : नेपाल विद्यार्थी संघ पर्वतले संगठन बिस्तार अभियानलाइ तिब्रता दिएको छ ।

अभियान अन्तरगत फलेवास नगरपालिका-१०, कुर्घामा अवस्थित शारदा माध्यामिक विद्यालयमा नेपाल बिद्यार्थी संघ इकाइ समिती गठन गरिएको छ । उक्त बिद्यालयका विद्यार्थीहरुको भेलाबाट मिलन शर्माको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा टीका कुमारी शर्मा र विशाल बिक , सचिवमा ममता शर्मा, सचिन चापागाईं र गगन नेपाली, सहसचिबमा बिकाश थापा र आशिका क्षेत्री, कोषाध्यक्षमा प्रकृति क्षेत्री, सहकोषाध्यक्षमा आयुष्मा सुनार सर्वसम्मत चयन भएका छन ।

सो अवसरमा नेपाली काङ्ग्रेस फलेवास नगरपालिका-१०, कुर्घाका पार्टी सभापति मेघनाथ लम्साल, वार्डका निवर्तमान पार्टीसचिव दाताराम लम्साल, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष सन्तोष पाठक, संघका नेता सुनिल शर्मा, संघका कुश्मा नगरपालिका अध्यक्ष अजय पोख्रेल, विद्यार्थी नेताहरु रामचन्द्र सुबेदी, बिबेक गिरि लगायतले बोलेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive