बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वतका विज्ञान शिक्षकहरुको भेला, विज्ञान शिक्षक समाज तदर्थ समिति गठन

भदौ १९, २०७९

पर्वत : पर्वत जिल्लामा कार्यरत विज्ञान शिक्षकहरुको भेलाले एक भेलाले विज्ञान शिक्षक समाज, पर्वतको तदर्थ समिति गठन गरेको छ।
विज्ञान विषयको शिक्षणलाई थप प्रभावकारी बनाउने, नयाँ आयामहरुलाई विद्यार्थी समक्ष लैजान सहकार्य र समन्वय गर्ने, विज्ञान शिक्षकहरुका अनुभवलाई आपसी रुपमा आदान प्रदान गरेर शिक्षण सिकाईमा सहयोग गर्ने लगायतका उद्धेश्य राखेर विज्ञान शिक्षक समाज गठन गरिएको हो।
समितिको अध्यक्षमा मङ्गलोदय माध्यमिक विद्यालय चुवाका प्रोमोद सुवेदी, उपाध्यक्षमा वीरेन्द्र माध्यामिक विद्यालय पकुवाका गणेशराज पौडेल, सचिवमा माटेदेवल जनसहयोगी प्राविधिक माध्यामिक विद्यालयका याम नारायण चापागाईँ, कोषाध्यक्षमा नारायण माध्यामिक विद्यालय कुश्माका दयाशङ्कर उपाध्याय चयन भएका छन्।
सदस्यहरुमा दीपक शर्मा पौडेल, हरि पौडेल, दीपक सुवेदी, इन्द्रध्वज सुवेदी, गोविन्द ढकाल, अमृत अधिकारी, थानप्रसाद भुसाल र चिरञ्जिवी लामगाँदे चयन भएका छन्। यो समिति तदर्थ भएकाले केही समयमा बस्ने अर्को पूर्ण बैठकले थप सदस्यहरु चयन गरेर समितिलाई पूर्णता दिने अध्यक्ष सुवेदीले बताए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive