मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

भूसंरक्षण दिवसको अवसरमा कुश्मामा वृक्षारोपण

साउन २४, २०८०

पर्वत : आज मनाइएको ४९ औँ भूसंरक्षण दिवस–२०८० को अवसरमा कुश्मा नगरपालिका–५ स्थित बडागाउँ खेल मैदानको डिल र सडक किनारमा वृक्षारोपण गरिएको छ ।
सो अवसरमा भूसंरक्षण सम्बन्धि सडक नाटक समेत प्रदर्शन गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतको आयोजना तथा जिल्ला प्रशासन कार्यालय पर्वत, २५ न. सशस्त्र प्रहरी गण कुश्मा, पर्वत अस्पताल, जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना, प्रगति संस्कार बाल क्लब कुश्मा, इनरव्हील क्लव अफ कुश्मा, कुश्मा स्पोर्ट्स क्लव, सामुदायिक वन उपभोक्ता महासंघ, पर्वत लगायतका संघ संस्थाहरुको समन्वय र सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
वृक्षारोपण कार्यक्रमपश्चात बोल्दै कार्यक्रमका प्रमुख अतिथि पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले नेपालको भिरालो भूगोलमा गाउँबस्ती, खेतीयोग्य जमिन र विकासका पुर्वाधारको दिगो रुपमा संरक्षण गर्न माटो, पानी र बोटबिरुवाको महत्त्वपूर्ण भुमिका रहेको र यि श्रोतहरुको संरक्षणबाट नै जलवायु परिवर्तनका असर कम गर्न सकिने बताए । उत्पादन र जनताको आयआर्जनमा सहयोग हुने फलफुल लगायतका बहुउपयोगी विरुवाहरु रोप्नु पर्ने कुरामा उनले जोड दिएका छन् ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले स्वागत मन्तब्वय राख्दै भूसंरक्षण दिवसको पृष्ठभुमि, नेपालमा भूसंरक्षणको आवश्यकता र यसको महत्वको बारेमा बताए ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख डिभिजनल वन अधिकृत बिष्णुप्रसाद अधिकारीले जलाधारीय श्रोतहरु जल, जमिन र जङ्गल को संरक्षण हुन सकेमा भूक्षय, पहिरो र बाढीका समस्याहरु न्यूनीकरण हुने हुँदा यि श्रोतको संरक्षणमा सबै लाग्न आग्रह गरे ।
उक्त कार्यक्रमको सञ्चालन भू तथा जलाधार व्यवस्थापन कार्यालयका अधिकृत भिम अर्यालले गरेका थिए ।

वृक्षारोपण कार्यक्रमका अवसरमा सडक किनारमा अशोका, खेल मैदानको किनारमा कल्की फुल र तेजपातका डेढ सय भन्दा बढी बिरुवाहरुको रोपिएको छ । यस्तै पहिरो जाने स्थानमा बाँस, अमृसो र सुपर नेपिएरका करीब एक हजार बिरुवाहरु रोपिएको छ । उक्त कार्यक्रम कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरी शर्माको अध्यक्षतामा भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive