मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

सरकारी मापदण्ड मिचेका संरचना हटाउन मोदी गाउँपालिकाको निर्देशन

साउन २८, २०८०

पर्वत : पर्वतको मोदी गाउँपालिकाले सरकारी मापदण्ड विपरितका संरचना हटाउन १५ दिने अल्टीमेटम दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमद्धारा जारी गरिएको सूचनामा गाउँपालिका क्षेत्रका विभिन्न स्थानहरुमा सरकारी मापदण्ड मिचि अस्थायी एवं स्थायी संरचनाहरु निर्माण भएको भन्ने व्यापक जनगुनासो प्राप्त भएकोले त्यस्ता संरचनाहरु भएमा १५ दिन भित्रमा हटाउन भनिएको छ ।
गत साउन २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी मापदण्ड उल्लङ्घन गरी निर्माण भएका स्थायी वा अस्थायी संरचनाहरु सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा हटाउनुपर्ने निर्णय भएकोले सोही अनुसार संरचना हटाउन भनिएको हो ।
गाउँपालिकाको कार्यालयले निकालेको सूचनालाई बेवास्ता गरी काम गरिरहेको देखिएमा वा अवैध संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित नियमानुसार कारबाी गरिने गाउँपालिकाले बताएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive